काठमाडौं २५ मंसिर । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू। दुई हजार एक सय बढेको छ ।
सोमबार प्रतितोला रू। एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू। एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रू। ६० ले बढेर रू। एक हजार नौ सय २५ कायम भएको छ । रासस








प्रतिक्रिया दिनुहोस्