ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयकको प्रस्तवनामै ४७ जना सांसदको ३२ वटा संशोधन


एबीसी न्यूज

काठमाडौं २५ मंसिर । संघीय निजामती विधेयकको प्रस्तवनामै ३२ वटा संशोधन परेको छ । ४७ जना सांसदको ३२ वटा संशोधन प्रस्तवनामा मात्रै दर्ता गरेका हुन् ।

हाल यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलमा छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुसार संघीय निजामती सेवा ऐनलाई संशोधन गर्न लागिएको हो ।

संविधान कार्यान्वयनसँग समेत जोडिएको विधेयकको प्रस्तावनामा सांसदहरूको चासो प्रकट गरेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावना छ, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामुलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रुपमा विकास गर्न वाञ्छनीय भएकोले ।’

 

यसलाई संशोधन गरेर संविधानको धारा २८५ समेत उल्लेख गरेर प्रस्तावना लेखिनुपर्ने प्रस्ताव नेपाली कांग्रेसका सांसदत्रय दिलेन्द्रप्रसाद बडू, मैना कार्की र रामनाथ अधिकारीको छ ।

उनीहरूको प्रस्ताव छ, ‘नेपालको संविधानको धारा २८५ बमोजिम संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धी व्यवस्था गरी सो सेवालाई संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध, राष्ट्रहित र नागरिक सेवाप्रति समर्पित, जनउत्तरदायी, समावेशी, स्वच्छ, सदाचार र उच्च मनोबलयुक्त तथा पेशागत रुपमा सक्षम, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै सुशासनमुखी संयन्त्रको रुपमा विकास गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ ।’

संविधानको धारा २८५ मा सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था छ । सरकारले देशको प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा र आवश्यकता अनुसार अन्य संघीय सरकारी सेवाहरूको गठन गर्न सक्छ । त्यस्ता सेवाहरूको गठन, सञ्चालन र सेवाका शर्त संघीय ऐन बमोजिम हुने संवैधानिक व्यवस्था छ ।

यही आशयको संशोधन प्रस्ताव नेकपा एमालेका सांसद रघुजी पन्तको छ । तर, सांसद पन्तले संविधानको धारा उल्लेख गर्नुपर्ने प्रस्ताव भने गरेका छैनन् ।

माओवादी केन्द्रकी सांसद सुशीला सिर्पाली ठकुरी, माधव सापकोटालगायतले प्रस्तावनामा समाजवाद उन्मुख भन्ने शब्द समेत समावेश गर्नुपर्ने माग राखेका छन् । कर्मचारी समाजवादप्रति प्रतिवछ हुनुपर्ने भनेर प्रस्तावनामै लेखिनुपर्ने सांसद सापकोटाको प्रस्ताव छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद चन्दा कार्की भण्डारीले कर्मचारी राजनीतिक रुपमा तटस्थ हुने भनेर लेखेर नपुग्ने बताएकी छन् ।

‘राजनीतिक रुपमा तटस्थ हुने भनेर मात्र हुँदैन । राजनीतिको नाममा प्रशासनिक जिम्मेवार पूरा नगर्ने, गैरजिम्मेवारपूर्ण क्रियाकलाप गरी काम गर्ने माहोल र कार्यालयको अनुशासन बिथोली संस्थालाई र सेवाग्राहीलाई नकारात्मक असर पार्नेसजायको भागीदार बन्नेछ भनी उल्लेख गर्नुपर्छ’ सांसद भण्डारीको प्रस्ताव छ ।

माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीको संशोधन प्रस्तावमा संविधानको धारा ४० अनुसार दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने भनेर लेखिनुपर्ने उल्लेख छ ।

एमालेका ठाकुरप्रसाद गैरे, हेमराज राइ, दामोदर बैरागी पौडेल लगायतले प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दहरुलाई जनउत्तरदायी भनेर परिमार्जन गनुपर्ने प्रस्ताव राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसदहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, अम्मरबहादुर थापा लगायतले ‘क्षतिपूर्ति सहितको नागरिक सेवा भनेर प्रस्तावनामा लेखिनुपर्ने प्रस्ताव गरेका छन् ।

संघीय निजामती विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।

विधेयकका सबै प्रस्तावित व्यवस्थाउपर भने सांससदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन हालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com