ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंसँग आज पनि बयान, भारतीय मान्छे राखेर नेपाली व्यापारी धम्क्याएको आरोप


एबीसी न्यूज

काठमाडौं २५ मंसिर । केन्द्रीय साइबर ब्युरोबाट केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी लगिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आज दोस्रो दिन पनि बयान जारी हुने भएको छ ।

आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धानमा तानिएका प्रसाईंले भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको विषयमा कैयन् प्रमाणहरू भेटिएको सीआईबी स्रोतको दाबी छ ।

सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएर चर्चामा आएका भारतीय गुण्डा लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारी र व्यवसायीलाई धम्क्याउने कसुरमा प्रसाईंको संग्लनता देखिएपछि सीआईबीले उनीमाथि अनुसन्धान थालेको हो । सीआईबीले यही कसुरमा १४ मंसिरमा झापा मेचीनगरका हरिचन्द्र फुयाँललाई पक्राउ गरिसकेको छ ।

सीआईबीका अनुसार बयानका क्रममा हरिचन्द्रले आफूलाई व्यापारीले धम्क्याएर रकम असुल्न प्रसाईंले लगाएको मात्रै बताएका छैनन्, प्रहरीले उनको फोनमा यी दुईबीचको कुराकानीको अडियो र कागजपत्र साटासाट गरेको प्रमाण पनि दिएका छन् । सीआईबी स्रोतका अनुसार प्रसाईंको मोबाइलमा भेटिएको अडियो रेकर्डले उनको संलग्नताको पुष्टि गर्छ । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले अहिलेसम्म तीन चार जना व्यवसायीले लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै उजुरी दिइसकेको र यस्तो धम्की खेप्ने अरू व्यापारी व्यवसायी भएको सूचना पनि आफूहरूले संकलन गरिरहेको बताए ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद भनाइसँगै फर्जी कागजातहरू सार्वजनिक गरेलगत्तै मंसिर ४ मा उनी भक्तपुरस्थित घरबाटै पक्राउ परेका थिए । सुरुमा उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान थालेको थियो । यो विषयमा अनुसन्धान सकिएलगत्तै उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो ।

सीआईबीले भारतमा बसेर प्रसाईंसँगको मिलेमतोमा नेपाली व्यापारी र व्यवसायीलाई धम्क्याउने काममा खटिएका हरिचन्द्र फुयाँलको पृष्ठभूमि माओवादीमा गएर जोडिन्छ । सीआईबीका अनुसार उनी २०५९ सालतिर माओवादीका सक्रिय कार्यकर्ता थिए ।

माओवादीमा सक्रिय रहेकै बेला हरिचन्द्रको भेट दुर्गा प्रसाईंसँग भएको देखिन्छ । सीआईबीका अनुसार पढाइ अघि नबढाएका तर छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेका हरिचन्द्र पछिल्लो समय प्रसाईंको निर्देशनमा भारतमा बसेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यापारी र व्यवसायी धम्क्याउने काममा सक्रिय थिए ।

व्यवसायीले जुन समयमा आफूहरूले धम्की पाए भनेर बताएका थिए, त्यही अविधमा हरिचन्द्र र प्रसाईंबीच सयपटक भन्दा धेरै कुराकानी भएको रेकर्ड पनि प्रहरीले फेला पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com