ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज अनुसन्धान अधिकृत र सरकारी वकिलले रवि लामिछाने र छवि जोशीसँग बयान लिने


एबीसी न्यूज

काठमाडौं २५ मंसिर । सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी ठगी आरोपमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको हो ।

लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट सडकमार्फत वीरगन्ज ल्याइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले बताए । सिमरा विमानस्थल र जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि केहीबेर रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि सहकारी ठगीमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको प्रहरीले जनाएको छ । डीएसपी लम्सालका अनुसार मंगलबार अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछाने र जोशीसँग बयान लिनेछन् । बयान सकिएपछि दुवैलाई पोखरा पठाइनेछ ।

वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा ८ करोड ५८ लाख रुपैयाँ जम्मा गरेको पाइएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानोपाइला सहकारीबाट गोर्खा मिडियामा रकम सारिएको हो । लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशकको भूमिकामा थिए ।

२०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको समितिको प्रतिवेदनमा उल्लेख छ । जोशीका नाममा पनि उक्त सहकारीबाट १ करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको समितिको अनुसन्धानमा देखिएको छ । यसबाहेक सानोपाइलाबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ ।

डेढ वर्ष अगाडि उजुरी दर्ता गराउने बेला गोर्खा मिडियामा सानोपाइला सहकारीबाट रकम सारिएको प्रमाण नहुँदा निवेदनमा नाम समावेश गर्न नसकिएको बचतकर्ताले बताए । ‘त्यसबेला प्रमाण नपुग्दा प्रहरीले सहकारीको सञ्चालक समिति र कर्मचारीविरुद्ध उजुरी दर्ता गर्‍यो,’ बचतकर्ता विक्रम अग्रवाल भन्छन्, ‘गोर्खा मिडियाको नाम राख्न खोज्दा प्रहरीले प्रमाण माग गरेको थियो । प्रमाण नहुँदा नाम हटाउन बाध्य भयौं ।’

एक सय ७९ बचतकर्ताले सानोपाइलाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता गराएका थिए । सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायिक परीक्षण हुँदा ठहरेबमोजिम हुने गरी १ करोड १० लाख धरौटीमा रिहा भएकी थिइन् । यसैगरी सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु जीबी० राईलगायत ११ जना फरार छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com