ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई सीआईबी लगियो, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुल्यो


एबीसी न्यूज

काठमाडौं २४ मंसिर ।    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा लगिएको छ ।

सोमबार सीआईबीले आपराधिक लाभ एक्सटर्शन०को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ ।

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो ।

 

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ । यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो ।

व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ । प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

फुयालले नेपालका विभिन्न जिल्लाहरूबाट घिउ लगेर भारतमा बेच्ने गरेको प्रहरी समक्ष बताएका छन् । भारतको पानीट्यांकी भन्ने ठाउँमा आफ्नो पसल समेत रहेको उनको भनाइ छ । फुयालले प्रसाईंसँग माफी नमागे ज्यान समेत जान सक्ने भन्दै दिएका थिए ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

यता फुयाँलले धम्की दिन नाम लिएका विश्नोई भने अहिले भारतको सबैभन्दा ठूलो तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

प्रसाईंको निर्देशनमा धम्की दिने फुयाल भने भारतमा नवीन प्रधानको नामबाट चिनिन्थे । भारतको आसाम र पानीट्यांकीमा बसोबास गरेका ती युवकले नवीन प्रधानको नामबाट भारतीय आधार कार्ड समेत बनाएको भेटिएको थियो । त्यही नामबाट भारतीय सीमकार्ड लिएर उनले धम्की दिएका थिए ।

फुयाँल यसअघि पनि मुद्दा चलेको व्यक्ति हुन् । सुनसरी प्रहरीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा चलाएको थियो । उक्त केसमा उनी १ लाख ४० हजार धरौटीमा छुटेका थिए ।

उनी अर्को मुद्दाको केसमा भने फरार अभियुक्त रहेको खुलेको छ । उनीविरुद्ध मोरङमा अर्को चेक बाउन्सको उजुरी परेको थियो ।

प्रसाईंले हाल सीआईबीको हिरासतमा रहेका झापाकै हरिचन्द्र फुयाललाई धम्क्याउनका लागि ५ लाख रुपैयाँ दिएको समेत खुलेको छ । सीआईबीका एआईजी तथा निर्देशक दीपक थापाले ५ लाख रुपैयाँ दिएको पुष्टि भएको बताए ।

उनका अनुसार प्रसाईंले सोझै फुयाललाई ५ लाख नदिई अर्का व्यक्तिमार्फत दिएको अनुसन्धानबाट खुलेको छ । ती व्यक्तिको समेत पहिचान भइसकेको एआईजी थापाले बताए । ‘भारत बसेर धम्क्याउनका लागि बस्न खान र खर्च भन्दै प्रसाईंले ५ लाख पठाएको देखिन्छ । उक्त रकम अर्का व्यक्तिमार्फत फुयालले बुझेको खुलेको छ,’ एआईजी थापाले  भने ।

धम्क्याएवापत प्रसाईंबाट आफूले रकम पाएको हिरासतमा रहेका फुयालले समेत स्वीकार गरेको एक अनुसन्धान अधिकृतले बताएका छन् । सम्बन्धनै नभएको व्यक्ति तथा व्यापारीहरुलाई धम्क्याउनुको अर्थ फुयालसँग पनि नजोडिने ती अधिकारीको तर्क छ ।

जसकारण प्रसाईंले धम्क्याए वापत रकम नै दिने भएपछि फुयाल तयार भएर भारतमा गएर फोन गर्दै धम्की दिएको सीआईबीको निष्कर्ष छ ।

६ जना अझै फरार

व्यवसायीहरूलाई धम्की दिएको आरोपमा अहिले सीआईबीको हिरासतमा फुयाल र प्रसाईं छन् । तर यो कप्रकरणमा अझै ६ जना फरार रहेका छन् । सीआईबीका एआईजी दीपक थापाले ६ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए ।

‘कोही धम्क्याउनका लागि प्रयोग भएका छन् । कोही रकम लेनदेनमा प्रयोग भएका छन् । विभिन्न भूमिकामा रहेर काम गर्नेहरू ६ जना अझै फरार छन्,’ एआईजी थापाले भने ।

फरारमध्येको केहीको पहिचान भइसकेको र केहीको तीन पुस्तेलगायत वतनहरू खुल्न बाँकी नै रहेको सीआईबीले जनाएको छ । आपराधि लाभको कसुरमा अनुसन्धान गरिहेको सीआईबीले संगठित कसुर समेत देख्न सकिने भन्दै त्यसतर्फ पनि अनुसन्धान गर्ने तयारी गरेको छ ।

‘उनीहरूको प्रकृति हेर्दा संगठित नै देखिन्छ । तीन भन्दा बढी व्यक्ति पनि प्रयोग भएको देखिन्छ’, सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘संगठित लाने÷नलाने भन्नेमा सरकारी वकिलको रायपछि मात्रै अघि बढाउने तयारी छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com