ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपडा व्यवसायी १० दिनदेखि बेपत्ता


admin
फाल्गुन २६, २०७४ शनिबार  १२ : १० बजे

म्याग्दी, २६ फागुन । जिल्लाको बेनी नगरपालिका– ४ सिंगा तातोपानीका कपडा व्यवसायी विगत १० दिनदेखि बेपत्ता भएका छन् । 

गत फागुन १५ गते फेन्सी सामान खरिद गर्न काठमाडाँै हिँडेका मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ स्थायी घर भई तातोपानीमा व्यवसाय गर्दै आइरहेका ५० वर्षीय छयोन्तेन गुरूङ बेपत्ता भएका हुन् । घरबाट सामान खरिदका लागि हिँडेकै दिनदेखि नै मोबाइलमा सम्पर्क नभएपछि जिल्लाका विभिन्न स्थानका साथै मुस्ताङ र पोखरामा समेत खोजी कार्य गर्दा नभेटिएपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए । “उहाँको फोन पनि लाग्दैन, धेरै ठाउँमा खोजी कार्य गरियो”, श्रीमती हिमा लामा गुरूङले भन्नुभयो ।

श्रीमती गुरुङका अनुसार मोबाइलमा सम्पर्क नभएपछि आफन्तको सहयोगमा खोजी कार्य गरिएको छ । “खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गर्दछु”, लामाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले भन्नुभयो । उहाँका अनुसार जिल्लाभित्र तस्वीरसहित हुलियाका बारेमा जानकारी भइसकेको छ । विगतमा काठमाडाँैमा कपडाको सामान लिने पसल, आफन्त तथा पोखरामा समेत खोजी कार्य भए पनि गुरुङ भेटिएका छैनन् । बेपत्ता गुरूङ गहुँ गोरो, अन्दाजी ५.५ फिट उचाइ, थेप्चो नाक र छाप्रो टोपी र कालो ज्याकेट लगाएको प्रहरीले जनाएको छ । यसैबीच तातोपानीका स्थानीयले समेत गुरूङको खोजी कार्य शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com