ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखरलाई नेताहरूको सुझाव, तपाइको असन्तुष्टि भए पार्टी बैठकमा राख्नुस् बाहिर होइन


एबीसी न्यूज
मंसिर २४, २०८१ सोमबार   १ : ४२   बजे

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका नेताहरूले संस्थापनइतरका नेता डा। शेखर कोइरालालाई असन्तुष्टि भए पार्टी संयन्त्रमा राख्न र सार्वजनिक रुपमा नबोल्न सुझाव दिएका छन् ।

सोमबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको औपचारिक फोरममा आफ्ना धारणा नराखेर सार्वजनिक रुपमा राखेको भन्दै नेताहरूले कोइरालाप्रति असन्तुष्टि व्यक्त गरे ।

मतभिन्नता भए पार्टी बैठकमा राख्नुपर्ने तर बाहिर बोल्न नहुने विचार नेताहरूले राखेको प्रवक्ता डा। प्रकाशशरण महतले बताए ।

‘व्यक्तिगत असन्तुष्टि, सन्तुष्टी भन्दा पनि पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि असन्तुष्टीको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ,’ बैठकमा उठेका विषयबारे जानकारी गराउँदै महतले भने, ‘असन्तुष्टिको विषय बाहिर राख्नु हुँदैन र संस्थागत तरिकाले नै मत राख्नुपर्छ ।’

 

कांग्रेसभित्रको मतभिन्नता ठूलो रहेछ भन्नेसमेत पर्नेगरी सार्वजनिक रुपमा बोल्न नहुने विषय नेताहरूले बैठकमा राखेको महतले सुनाए ।

बैठकमा सहभागी एक नेताका अनुसार, कार्यसम्पादन समिति सदस्य जीपछिरिङ लामाले शेखरले बाहिर बोलेको विषयबारे असन्तुष्टि पोखेका थिए । लामासहित अन्य केही सदस्यले पनि शेखरबारे असन्तुष्टि राखेका थिए । यद्यपि शेखरले भने बैठकमा केही नबोलेको ती सदस्यले अनलाइनखबरलाई बताए ।

नेता कोइराला पक्षले १८ मंसिरमा कोशीका पालिका सभापतिहरू भेला गरेका थिए । सो विषय विवादित बनेपछि पार्टीभित्रबाटै विरोध पनि भएको थियो ।

लगत्तै, २२ मंसिरमा भएको पार्टीको प्रथम कोशी सम्मेलनमा मर्यादाक्रम असन्तुष्टी जनाउँदै नेता कोइरालाले कार्यक्रम बहिष्कार गरेका थिए ।

मञ्चमा सभापति शेरबहादुर देउवा पछिको मर्यादाक्रम आफूले पाउनुपर्ने कोइरालाको माग थियो ।

प्रदेश समितिले पार्टीको केन्द्रीय वरियता अनुसार मर्यादाक्रम निर्धारण गरेको थियो । केन्द्रीय मर्यादाक्रममा उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।

सम्मेलन बहिष्कार गरेर त्यस दिन कोइराला चितवनमा आयोजित दुईवटा शोकसभामा सहभागी भएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group