ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला ठूला दल एक ठाउँमा उभिन्छौं – गृहमन्त्री


एबीसी न्यूज

काठमाडौं २४ मंसिर । गृहमन्त्री रमेश लेखकले मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला देशका ठूला दलहरू एक ठाउँमा उभिने गरेको बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहास पनि यस्तै भएको र अहिले त्यो इतिहासलाई स्थापित गर्न चाहेको बताए ।

ुजब राष्ट्रिय एजेण्डालाई ठिक ढंगले ठिक ठाउँमा पुर्‍याउन पर्ने अवस्था देखिन्छ बेला त्यो बेला ठूला दलहरू मिल्ने गरेका छौं,ु उनले भने, ु देशलाई र राष्ट्रिय एजेण्डालाई ठिक ढंगले सम्बोधन गरेर निष्कर्षमा पुग्ने गरेका छौ ।

मुलुकमा भएको १० वर्षे सशस्त्र द्वन्द्वलाई पनि ठूला दलहरू मिलेर वार्ता मार्फत समाधान गरी शान्ती कायम गरेको उनले बताए । देशका केही महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नको लागि एक ठाउँमा उभिएर सरकार बनाएको उनको भनाइ छ । यो सरकार केही मान्छेहरूलाई मन्त्री बनाउनको लागि बनाइएको सरकार नभएको दाबी उनको छ । ुमुलुकमा अस्थिरताका कारणले शान्ति सुरक्षामा जोखिम उत्पन्न भयो । सुशासनका कमी भएको अनुभूति भयो । आर्थिक गतिविधीहरू कमजोर भए । विकास निर्माणका गतिविधिहरू ठिक ढंगले अघि बढ्न सकेनन्,ु उनले भने, ुती कुराहरूलाई ठिक ढंगले सम्बोधन गर्नको लागि ठूला दलहरू एक ठाउँमा उभिएका हुन् । ु शान्ति सुरक्षाको स्थितिलाई सुदृढ गर्नुपर्ने बताउँदै उनले यसमा कुनै सम्झौता नहुने धारणा राखे । अपराध नियन्त्रण र कानुनी शासनको स्थापनाको सवाललाई सुनिश्चित गर्न पनि उनले निर्देशन दिए । यसमा पनि कुनै सम्झौता नहुने उनको भनाइ छ ।

अपराध पनि गर्ने, ठूलो कोलाहल पनि आफैं गर्ने कुरा क्षम्य हुन नसक्ने उनको भनाइ थियो । अपराध गर्ने सबै कानुनको दायरा भित्र आउनुपर्ने उनले बताए । सेवाप्रवाह गर्दा ख्याल गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए । सेवाग्राहीको काम कसरी नहुने भन्दा पनि कसरी हुने भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

प्रदेशको सुरक्षा गोष्ठीमा प्रदेशसँगै देशको शान्तिसुरक्षा लगाएतका महत्त्वपूर्ण विषयमा छलफल हुने उनले बताए ।

सोमबारबाट सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू भएको छ । गोष्ठीमा सहभागी हुन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणी दुवाडी , तीनै तहका सुरक्षा निकायका प्रमुख सुर्खेत पुगेका छन् । गोष्ठीमा प्रदेशसँगै कर्णालीका १० वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको विषयमा छलफल हुने गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख ऋृषिराम तिवारीले बताए । योसँगै प्रदेशको बढ्दो सवारी दुर्घटना र यसको न्यूनीकरणको उपायबारे पनि छलफल हुने जानकारी दिए । उनका अनुसार गोष्ठीमा अन्तर्राष्ट्रिय सीमास्तम्भको अनुगमन र सुरक्षा लगाएका विषयमा पनि छलफल हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com