ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार गलत हो – अर्थमन्त्री


एबीसी न्यूज

काठमाडौं २३ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री र अर्थमन्त्रीबीच मनमुटाव भएको भन्ने गलत प्रचार गरिएको बताएका छन्।

आइतबार कला परिषद्‍मा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरूमा कुनै सत्यता नभएको स्पष्ट पारे। उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरे।

अर्थमन्त्री पौडेलले गलत प्रचार गर्नेहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए।

उनले भने,‘ प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरु प्रतिक्रिया दिन लायक होइनन्। यो विषयमा सच्याई सानो अंश पनि छैन। दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो।’

उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको पनि दाबी गरे।

उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६, २०१८ र २०२४ मा गरेको चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे। भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालीन विकास सहयोग पुग्ने उपप्रधानमन्त्री पौडेलको भनाई छ।

उनले थपे, ‘प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ। सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धीपूर्ण भएका छन्। भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ। नेपालको दीर्घकालिन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ।’

सञ्चारकर्मीहरूले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढिरहेको बताए। उनले सरोकारवालाहरुसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए।

पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गरे। उपप्रधानमन्त्री पौडेलले नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए। उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए। उनले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि बताए।

उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताए।

उपप्रधानमन्त्री पौडेलले सरकार उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेको बताए। उनले बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए।

उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको उनले उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com