ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकार ढल्ने हल्लाले सेयर बजार घट्यो


एबीसी न्यूज
मंसिर २३, २०८१ आईतबार   ५ : २६   बजे

काठमाडौं २३ मंसिर । आइतबार सेयर बजार उच्च दर १।६७ प्रतिशतले घट्यो । योसँगै बजार २७ सयमुनि झरेको छ । बजार घट्नुको मुख्य कारण – सरकार ढल्ने हल्ला हो ।

सेयर बजारसँग सम्बद्ध सामाजिक सञ्जालका ग्रुपमा पछिल्ला राजनीतिक घटनाक्रम लिएर अनेक विश्लेषण हुन थालेका छन् । यस्ता घटनाक्रमलाई लिएर लगानीकर्ता केही आत्तिएको ब्रोकर सञ्चालक बताउँछन् ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका नवनिर्वाचित अध्यक्ष सागर ढकालले ‘लगानीकर्तामा सरकार ढल्ने होहल्ला चलेकाले’ आइतबारको बजार केही ठूलो दरमा घटेको बताए ।

‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको विषयलाई लिएर लगानीकर्ताबीच केही होहल्ला सुनियो,’ उनले भने, ‘यसलाई कतिपयले सरकार ढल्ने संकेतका रूपमा बुझेको हुन सक्छ ।’

प्रधानमन्त्री ओली गृहजिल्ला झापा गएकाले उनको भेट लुसँग हुन नसकेको बालुवाटार स्रोतले बताइरहेको छ । तर, अमेरिकी दूतावासले सार्वजनिक गरेको लुको कार्यक्रमअनुसार प्रधानमन्त्रीसँग भेटवार्ता नै तय छैन । यही विषयलाई लिएर लगानीकर्तामा सरकार ढल्ने त्रास बढेको लगानीकर्ता नै बताउँछन् ।

‘केही मन्त्रीको कार्य असन्तुष्टिलाई लिएर मन्त्रिपरिषद् पुनर्संरचना हुने होहल्ला पनि चलेको छ, अर्कातिर सरकार नै ढल्ने त होइन भन्ने शंका बढेको छ,’ त्यस्तै प्रधानमन्त्री ओली चीन भ्रमण जाँदा बीआरआई ९बेल्ट एन्ड रोड इनिसिएटिभ० को मस्यौदामा भएको सम्झौतापछि भारत र अमेरिकाको असहयोग रहन सक्ने र त्यसले सरकारलाई अप्ठेरोमा पार्ने बुझाइ लगानीकर्तामा रहेको उनले बताए । लगानीकर्ताको मनोविज्ञान नै बजारमा देखापर्ने भएकाले आइतबारको बजार राताम्मे देखियो ।

यसअघि बीआरआईका विषयमा नेपाली कांग्रेस र एमालेबीच केही असमझदारी देखिँदा पनि बजारमा त्यस्तै प्रभाव परेको ढुंगानाले बताए ।

लगानीकर्तामा देखिएको यो डर भोलिका दिनमा चिरिँदै गए बजारले तुरुन्तै बढ्दो लय लिने लगानीकर्ता बताउँछन् । भोलिका दिनमा देखिने राजनीतिक घटनाक्रम अनुसार केही दिन बजार प्रभावित हुने अनुमान छ ।

‘भोलिका दिनमा विकास हुने राजनीतिक घटनाक्रमले केही दिन बजार प्रभाव पार्न सक्छ, तर त्यो प्रभाव निकै छोटो हुन्छ,’ ढुंगानाले भने ।

तर, यतिबेला पर्याप्त लगानीयोग्य रकम, घट्दो ब्याजदर, बलिया वाह्य सूचक रहेकाले बजारमा आत्तिनुपर्ने अवस्था नरहेको जानकार बताउँछन् । बैंकहरूले सम्भवतः पुस महिनाका लागि पनि ब्याजदर घटाउन सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group