ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रज्ञा–प्रतिष्ठान सातै प्रदेशमा हुनुपर्छः मुकारुङ


admin
फाल्गुन २६, २०७४ शनिबार   १० : ०८   बजे

काठमाडौँ, २६ फागुन । कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

भाषा, साहित्य, संस्कृति, अनुवाद, दर्शनशास्त्रजस्ता ११ विभाग रहेको प्रज्ञा–प्रतिष्ठानले विशेष गरी भाषा र साहित्यसम्बन्धी अनुसन्धान तथा शोधलाई प्राथमिकतामा राखी काम गर्दै आएको छ ।

प्रज्ञाप्रतिष्ठान मातृभाषा विभागका प्रमुख श्रवण मुकारुङले विविध संस्कृतिको धनी मुलुक नेपालको विकासका लागि सात वटै प्रदेशमा प्रज्ञा–प्रतिष्ठानको स्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल भाषा, तामाङ, लिम्बू, मैथली, भोजपुरी, अवधी, गुरुङजस्ता थुप्रै भाषाको विकासका लागि प्रतिष्ठानले पुस्तक, पत्रिका, साहित्यिक पत्रिका नियमित रुपमा प्रकाशन गर्दै आएको छ । ”
प्रतिष्ठानबाट नेपाल भाषामा ‘थाय्भु’, लिम्बू भाषामा ‘थप्लङ’, मैथली भाषामा ‘आगन’ आदि पत्रिका प्रकाशन हुँदैआएको छ । । प्राज्ञ मुकारुङले हाम्रो मातृभाषा र संस्कृतिको संरक्षण गर्न सरकारले विशेष नीति निर्माण गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने औँल्याउँदै मातृभाषाको भण्डारलाई थप विकास गर्न सरकार, साहित्यप्रेमी तथा सम्बद्ध सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । “नेपालमा भएका मातृभाषाको विकास र विस्तार गर्ने वातावरण तयार गर्न सकेमा विभिन्न भाषाभाषीबीच थप सहयोग, सद्भावना र समन्वय अभिवृद्धि हुनेछ”, उहाँले भन्नुभयो ।

नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृतिसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न विसं २०१४ मा रोयल नेपाल एकेडेमी स्थापना भएको थियो । ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी लागू गरिएकामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका नामले सञ्चालित छ ।

राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न तथा सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सहभागिता जुटाउन गठित प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा पनि प्राज्ञिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गर्ने तथा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ । आवश्यकतानुसार विदेशी भाषाबाट नेपाली भाषा र नेपालका भाषाबाट विदेशी भाषामा कृतिको अनुवाद एवं प्रकाशन गर्ने काम पनि हुुँदै आएको छ । यसका लागि हाल उषा ठाकुर प्रमुख रहेको भाषा अनुवाद विभागको छुट्टै व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group