ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड लुले देउवा र प्रचण्ड भेट्ने, प्रधानमन्त्रीसँग छैन भेटघाट तालिका


एबीसी न्यूज
मंसिर २३, २०८१ आईतबार  १ : ५६ बजे

काठमाडौं २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन् ।

भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने तय छैन ।

राजनीतिक स्रोतका अनुसार आइतबार दिउँसो लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दुवैलाई भेट्ने भएका हुन् ।

प्रधानमन्त्री ओली भने यही बेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने छैन । ‘प्रधानमन्त्री उपत्यकाबाहिर हुनुुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘यसअघि नै तय भएका कार्यक्रमहरुको सिलसिलामा उहाँ बाहिर हुनुहुन्छ ।’

यसअघि एमसिसीको अनुमोदन तथा स्टेट पार्टनरसिप प्रोग्रामलाई जोड दिन लु काठमाडौं आएका बेला नेपाली नेतृत्वसँग चर्काचर्की परेको सूचना सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री ओली गृहजिल्ला पुग्नुलाई कतिपयले संयोगमात्रै नभई त्यही तिक्ततालाई दिइएको कुटनीतिक प्रतिक्रिया मानेका छन् ।

अमेरिकी दूतावास स्रोतका अनुसार नागरिक समाज र युवा अन्तक्र्रिया बाहेक उच्चस्तरीय भेट राखिएको छैन । दूतावासले लुको भ्रमण सूची सार्वजनिक गरेको छ, जहाँ प्रधानमन्त्रीलगायत नेताहरुको भेट कार्यक्रम सार्वजनिक छैन ।

स्मरण रहोस्, लुभन्दा तल्लो श्रेणीका राजनीतिकर्मी अनि सरकारी अधिकारी नेपाल आउँदा पनि सामान्यतयाः प्रधानमन्त्रीलाई भेटिरहेका हुन्छन् । उच्च स्रोतका अनुसार लु र प्रधानमन्त्रीबीच भेट हुने सम्भावना निकै कम छ ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले लुले भेट्ने छैनन् । परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यति बेला नेपाल बाहिर छिन् ।

दक्षिण तथा मध्य एसिया हेर्ने मन्त्री लु यसअघि पटक पटक नेपाल आइसकेका उच्च अमेरिकी अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com