ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति असदले देश छाडेर भागे


एबीसी न्यूज
मंसिर २३, २०८१ आईतबार   १ : ०३   बजे

काठमाडौं २३ मंसिर । सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेको दाबी गरेका छन् । दमास्कस आफ्नो कब्जामा आएपछि विद्रोही समूह हयात तहरीर अल सामले राष्ट्रपति असदले देश छाडेर भागेको दाबी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सिरियाली अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति असल दमास्कसबाट जहाज चढेर हिँडेको जनाएको छ । रोयटर्सका अनुसार असद कतातर्फ लागे भन्ने स्पष्ट भएको छैन । रोयटर्सका अनुसार सिरियाली सेनाको नेतृत्वले आइतबार राष्ट्रपति असदको २४ वर्षे शासन अन्त्य भएको सैनिक अधिकारीहरूले सूचना पुर्‍याएको छ ।

क्थचष्बल चभदभकि अबिष्mस् एचभकष्मभलत ब्ककबम ाभिम तजभ अयगलतचथसिरियाली विद्रोही समूहले दमास्कस असदमुक्तु भएको घोषणा गरेको छ । राष्ट्रपति असद भागेपछिु सार्वजनिक संस्थानहरू प्रधानमन्त्रीले सम्हाल्ने पनि विद्रोहीहरूले बताएका छन् । प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमै रहने पनि बताएका छन् । उनले सिरिया अरुजस्तै सामान्य मुलुक हुने र छिमेकी मुलुक र विश्वका अरु देशसँग राम्रो सम्बन्ध कायम गर्ने बताएका छन् ।

सिरियामा सन् २००० देखि बसर अल असद निरन्तर सत्तामा रहेका छन् । असद सरकारविरुद्ध विद्रोही समूहले केही वर्षदेखि संघर्ष गर्दै आएको छ । सिरियाली सेना पछाडि हटेपछि विद्रोही समूहले ठूला सहरहरू कब्जा गरेका हुन् । अलेप्पो, होम्स र राजधानी दमास्कस नै कब्जा गरेपछि राष्ट्रपति असद भागेको बताइएको छ । यसअघि सन् २०११ मा पनि असदविरुद्ध विद्रोह भएको थियो । सुरुमा असदविरुद्धको शान्तिपूर्ण र लोकतन्त्रको पक्षमा भएको भनिएको आन्दोलन गृहयुद्धमा परिणत भएको थियो ।

उक्त युद्धमा क्षेत्रीय मात्र नभई वैश्विक शक्तिसमेत सहभागी भएका थिए । त्यतिबेलादेखिको युद्धमा ५ लाखभन्दा बढी मारिएका छन् । १ करोडभन्दा बढी मान्छे आफ्नो थातथलो छाड्न बाध्य भएका थिए । रुस र इरानसमर्थित मिलिसियाको सहयोगमा असद सरकारले सिरियाका केही सहरमा नियन्त्रण लिएपछि युद्ध नियन्त्रणमा आएको थियो । अमेरिकाले भने कुर्दिस विद्रोही समूहलाई असद सरकारविरुद्धको संघर्षमा साथ दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group