ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी लायन्सको लगातार चौथो हार, जनकपुर बोल्ट्स एक रनले विजयी


एबीसी न्यूज
मंसिर २३, २०८१ आईतबार   १२ : ५८   बजे

काठमाडौं २३ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ । लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरको लगातार चौथो जीत हो । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका कप्तान रोहित पौडेले ३५ रन बनाए । जनकपुरका हर्ष ठाकरले पाँच विकेट लिए । यस्तै कोशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो । जनकपुरका कप्तान अनिल शाहले सबैभन्दा धेरै ४५ रन बनाए ।

यस्तै लाहिरु मिलान्थाले २४ रन र शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका अभिषेश गौतमले तीन विकेट लिए । यस्तै कप्तान रोहित पौडेल र साद बिन जफरले समान दुई तथा सन्दीप जोराले समान एक विकेट लिए ।

जनकपुर चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा लागातार पराजित लुम्बिनी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यस्तै आज दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको दोश्रो स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group