काठमाडौं २० मंसिर । सरकारले गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सिलसिलामा श्रमसँग सम्बन्धित संयन्त्र लैजाने प्रतिबद्धता जनाएको छ ।
बुधबार श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा सरोकारवालाको बैठक भैरहवामा बसेको छ ।
भैरहवामा मेडिकल, म्यानपावरको व्यवस्था गरी श्रम स्वीकृति सहज बनाउने सन्दर्भमा छलफल भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका निर्णय कार्यान्वयन मार्फत यात्रुका लागि सहज रूपमा मेडिकल टेस्ट र म्यानपावरको व्यवस्था गरी श्रम स्वीकृति सहज बनाउने सन्दर्भमा सर्वपक्षीय छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्