ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीकै बचतबाट लामिछानेलाई सवा दुई करोडको टोयोटा फर्च्युनर


एबीसी न्यूज

काठमाडौं १४ मंसिर । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने चढ्ने गाडीसमेत स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबाट खरिद गरिएको पुष्टि भएको छ । सवा दुई करोडको ‘टोयोटा फर्च्युनर’ गाडी किन्नेसहित विभिन्न प्रयोजनका लागि स्वर्णलक्ष्मीबाट निकालिएको ऋण भुक्तान गर्न लामिछाने आफैंले काटेका चेक पनि भेटिएका छन् ।

२०७७ फागुन ११ मा ग्यालेक्सी टीभीको घोषणासँगै लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक बनेका थिए भने १५ महिनापछि २०७९ असार १ मा कम्पनीबाट अलग भएका थिए । योबीचमा गाडी खरिदलगायतका शीर्षकमा जीबी राई र लामिछाने दुई जनाको व्यक्तिगत तथा गोर्खा मिडिया प्रालिका नाममा स्वर्णलक्ष्मीबाट विभिन्न मितिमा ठूलो रकम निकालिएको थियो ।

कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले १५ वटा चेक काटेर ८९ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेका थिए । त्यस्तै कम्पनीका अध्यक्ष राईले भने चार लाखको एउटा चेक काटेका थिए । यसरी गोर्खा मिडियाले १६ वटा चेकबाट स्वर्णलक्ष्मी सहकारीलाई ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गरेको छ ।

सहकारी र कम्पनीबीचको गैरकानुनी कारोबारबारे कुनै जानकारी नभएको दाबी गर्दै सार्वभौम संसद् र आफ्नै मतदातालाई पनि ढाट्दै आएका लामिछानेले सहकारीकै बचत अपचलन गरेर गाडी चढेको र त्यसको भुक्तान कम्पनीबाट गरेको प्रमाण भेटिएपछि उनलाई बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको छ । यसअघि कात्तिक २७ मा उनलाई भैरहवा पनि लगिएको थियो ।

काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा समेत शाखा खोलेर सञ्चालन भएको स्वर्णलक्ष्मी सहकारीले ६ हजार ६ सय ६९ सर्वसाधारणबाट २ अर्ब ६५ करोड ९५ लाख बचत संकलन गरेको थियो । त्यसमध्ये १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको भन्दै ६ सय ४५ बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि लामिछाने गृहमन्त्री भएका बेला भने अनुसन्धानमा अवरोध गरिएको थियो । त्यसैले छानबिन गर्न संसदीय समितिसमेत गठन भएको थियो ।

२०७७ माघमा वीरगन्ज भन्सारबाट भित्रिएको २७५५ सीसीको टोयोटा फर्च्युनर २०७८ असार १३ मा जीबी ग्रुप अफ कम्पनीजका नाममा खरिद गरिएको थियो । त्यसको तीन महिनापछि असोज ६ मा त्यही गाडी गोर्खा मिडिया नेटवर्कका नाममा सारिएको थियो । यी दुई मितिका बीचमा साउन ५ मा जीबी राई र रवि लामिछानेका नाममा ‘चारपांग्रे कर्जा’ शीर्षकमा ऋण खडा गरी स्वर्णलक्ष्मी सहकारीबाट रकम निकालिएको थियो । गाडी किन् नु अघि र पछि विभिन्न मितिमा रकम लगिए पनि विधिवत कागजी प्रक्रिया पूरा गरिएको थिएन । तर किस्ता तिर्न लामिछाने स्वयंले काटेका चेकबाट उक्त कारोबार पुष्टि भएको छ । कम्पनीले सहकारीलाई तिर्न बाँकी रकमको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उता सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरीले अनुसन्धान थालेपछि गोर्खा मिडियाको उक्त गाडी बिक्री भएको पाइएको छ । टोयोटा फर्च्युनर २०८० असोज १२ मा सिन्धुपाल्चोक मेलम्चीका पाण्डे थरका व्यक्तिका नाममा सारिएको छ । त्यसको ६ दिनपछि असोज १८ मा सूर्यदर्शन सहकारी ठगीमा १८ जनाविरुद्ध कास्की जिल्ला अदालतमा १ अर्ब ११ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । त्यसपछि जीबी राई फरार रहेकामा प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गरेको छ भने लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

स्वर्णलक्ष्मीसहित पाँच सहकारीको ६७ करोड ७६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा ल्याएर राई र लामिछानेसहितले अपचलन गरेको तथ्य प्रहरीले प्राप्त गरिसकेको छ । यहीबीच लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगीमा बयान गर्न लगेको थियो । त्यसपछि दुवै जनालाई कास्की ल्याइएकामा जोशीलाई प्रहरीले काठमाडौं ल्याएर बयान लिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com