ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज चुनावी प्रचारको अन्तिम दिन, कीर्तिपुरमा शीर्ष नेताहरूले सम्बोधन गर्दै


एबीसी न्यूज

काठमाडौं १३ मंसिर । चुनावी प्रचारको अन्तिम दिन विभिन्न दलका शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्ने भएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कीर्तिपुरमा चुनावी भाषण गर्नेछन् । कांग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा गर्ने खुलासभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३ बजे कीर्तिपुरस्थित नगाउँ दोबोटोमा हुने सभामा सम्बोधन गर्दैछन् ।

नेकपा एमालेले भने पाँगामा चुनावी सभा गर्दैछ । उक्त सभालाई महासचिव पोखरेल र बागमतीका इन्चार्ज राजन भट्टराईले दिउँसो ३ बजे सम्बोधन गर्नेछन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमानको पक्षमा धरानका मेयर हर्क साम्पाङले चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com