ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णयमा २ सञ्चालकको फरक मत


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। तर सो निर्णयमा दुई सञ्चालकले भने फरक मत राखेका छन्।

बुधबार बसेको समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन्।  ऊर्जामन्त्री दीपक खड्काले भने विद्युत् नियमन आयोगले लाइन नकाट्ने गरी मंगलबार पठाएको पत्र कार्यान्वयनमा जोड दिएका थिए।

सो अनुसार बोर्डले प्राधिकरणले दिएको म्याद सकिए पनि अहिले नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो। आजको निर्णय माइन्युट हुन बाँकी रहेको एक सञ्चालकले जानकारी दिए।

‘अहिले नै लाइन नकाट्ने भन्ने नै भयो’, ती सञ्चालकले भने, ‘दुई सञ्चालकले फरक मत राख्नुभयो। पैसा उठाउने कुरामा पटक पटक विभिन्नखाले निर्णय गर्दा पैसा उठ्ने कुरा नहुने भयो। प्राधिकरणले जारी गरेको बिल अघिल्लो सञ्चालक समितिले नै स्वीकृत गरेको छ। यसलाई गलत छ भन्न मिल्दैन। यसरी निर्णय गरेर पैसा नउठाउने कुरा गर्दा नियत राम्रो देखिँदैन।’

मन्त्री खड्काले भने नियमन आयोगको निर्णय नै कार्यान्वयन गर्न जोड दिएको ती सञ्चालकको भनाइ छ।

गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो। सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को उक्त निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने जनाएको थियो। सो समय आज सकिने भएपछि हिजो मंगलबार आयोगले प्राधिकरणलाई यथास्थितिमा रहन पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com