ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया काउन्सिल लगायतका विधेयक पास गर्ने तयारीमा छौँ – मन्त्री गुरुङ


एबीसी न्यूज

काठमाडौं ११ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयक लगायतका विभिन्न विधेयकलाई पास गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।

मङ्गलबार काभ्रेपलाञ्चोकबाट सञ्चालित मदानी बिट डटकमको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सञ्चार माध्यमहरुको नियमनलाई व्यवस्थित बनाउनका लागि मिडिया काउन्सिल विधयेक, सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन विधयेक र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन ल्याउन लागेको बताउनुभएको हो ।

मन्त्री गुरुङले प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमहरुको नियमन भइरहे पनि त्यो अपर्याप्त भएकोले मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रुपमा विकास गर्नका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक संसदीय समितिमा छलफलमा रहेकोले आउने हिउँदे अधिवेशनमा पास गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मिडिया विधेयकसँगे सामाजिक सञ्जाल प्रयोग, सञ्चालन, नियमन र साइबर सेक्यूरिटी क्राइमसम्बन्धी ऐन समेत हिउँदे अधिवेशनबाट पास गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले ठुलो परिवर्तन भएको देखिने गरी कुनै काम नगरेको बताउँदै पुराना बिग्रेका सानासाना कुराहरुलाई सुधार गर्नेतर्फ सरकारले काम अघि बढाएको बताउनुभयो । “सरकारले देखिने गरी केही काम गरेको छैन, विगतमा भएका गल्तीहरुलाई सुधार गर्न लागेको छ, अहिले वन ऐन परिवर्तन गर्नुपर्ने आवश्यक छ, वन ऐनका कारण एउटा इआइए रिपोर्ट नभएका कारण एउटा रुख काट्न वर्षौ कुर्नुपर्ने अवस्था छ, सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार निर्माणको काम गर्न समस्या छ, समयानुकूल वन ऐन, सार्वजनिक खरिद ऐन, भूमि ऐन परिवर्तन गर्नुपर्नेछ, यसतर्फ सरकारको ध्यान गएको छ” मन्त्री गुरुङले थप्नुभयो ।

उहाँले विभिन्न ऐन, कानुनका कारणले मन्त्रालयहरुबीच समन्वय नभएका कारण काम गर्न समस्या भएकोले सरकारले यी कार्यालयहरुबिच समन्वय गराउन, सरकारले अघि बढाएको काममा एकीकृत गराउनका लागि ऐन, नियमहरु समयानुकूल परिवर्तन गर्न लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बिआरआई परियोजनालाई ऋणको रुपमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । “बिआरआई परियोजनालाई ऋणको रुपमा नेपाल सरकारले ग्रहण गर्दैन, भ्रमणमा अनुदानका कार्यक्रम सम्झौता हुन्छ ऋणसम्बन्धी सम्झौता हुँदैन, अहिलेको सरकारले जहाँ पायो त्यहाँ ऋण पायो भनेर हात थाप्ने पक्षमा छैनौ,” सरकारका प्रवक्ता गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com