ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई कार्यान्वयन सम्झौतालाई छाता सम्झौता मानेर अघि बढ्नुहुँदैन – पूर्वपरराष्ट्रमन्त्री साउद


एबीसी न्यूज

काठमाडौं १० मंसिर । पूर्वपरराष्ट्रमन्त्री नारायणप्रसाद एनपी साउदले बीआरआई परियोजना अन्तर्गत ऋण लिनुअघि धेरै कुरामा सावधानी अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यालयमा पूर्व प्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श गरेका थिए। नेपाली कांग्रेसका नेतासमेत रहेका साउद पूर्व परराष्ट्रमन्त्रीका हैसियतमा परामर्श बैठकमा सहभागी थिए।

‘बीआरआई अन्तर्गत ऋण लिँदा धेरै कुरा बुझेर लिनुपर्छ भन्ने सुझाव दिएको छु,’ पूर्वपरराष्ट्रमन्त्री साउदले नेपालखबरसँग भने, ‘चीनबाट ऋण होइन, अनुदान लिनुपर्छ भन्नेमा आजको बैठकमा मेरो जोड रह्यो।’

 

साउदका भनाईमा, उनले द्विपक्षीय अनुदान लिँदा पनि परियोजनाहरू विचार गरेरमात्र लिनुपर्ने बताएका थिए। उनले बीआरआई कार्यान्वयन सम्झौतालाई छाता मानेर परियोजना अघि बढाउँदा समस्या होला कि भन्ने आशंकापनि व्यक्त गरेका थिए।

‘त्यसैले, बीआरआई कार्यान्वयनका सन्दर्भमा बीआरआई कार्यान्वयन सम्झौतालाई छाता सम्झौता मानेर अघि नबढ्न सुझाव दिएको छु’ उनले थपे, ‘बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गरेर सो अन्तर्गतका परियोजनामा ऋण लिने काम गर्नु हुँदैन भन्ने मेरो सुझाव छ।’

कुनैपनि देशबाट ऋण लिने कुरामा सावधानी अपनाउनुपर्नेमा आफ्नो जोड रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com