ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहोरको मूल्य : काठमाडौंको फोहोरले २० वर्षमा एक अर्ब ८० करोड रोयल्टी पाउने


admin

काठमाडौं, २३ फागुन । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरिएको छ ।

Even Oscar the Grouch might be put off by the growing heaps of trash in the center of Kathmandu.

लगानी बोर्डले बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निजी कम्पनी नेपवेष्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको हो ।

दुई महिनाभित्र सम्झौतालाई अन्तिम रुप दिई कामै सुरु गर्ने गरी नेपवेष्ट कम्पनीसँग उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रारम्भिक सम्झौता गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

परियोजना लगानी सम्झौतालाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कम्पनीले काठमाडौंको फोहोर उठाउन सुरु गर्नेछ । सम्झौता भएको ६ महिनाभित्र फोहोर उठाउन आवश्यक तयारी गर्ने म्याद दिइएको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्पष्ट पार्नुभयो ।

काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहलाई सहभागी गराउनुपर्ने भएकाले फोहोर व्यवस्थापनको काम सुरु गर्न केही ढिलाई हुने लगानी बोर्डको भनाई छ ।

नेपवेष्ट नेपालको अर्गानिक भिलेज र फिनल्याण्डको कम्युनिकेशन प्रालिको जोइन्ट भेन्चर कम्पनी हो । बुधबार कम्पनीले उपत्यकाको फोहोर उठाउने कामको प्रारम्भिक सम्झौता गरेको हो ।

दुई महिनाभित्र सम्झौतालाई अन्तिम रुप दिनेवित्तिकै काठमाडौं उपत्यकाको फोहोर कम्पनीले उठाउन थाल्नेछ । पहिलो चरणमा यो परियोजना कार्यान्वयन गर्न चार अर्ब ४० करोड रुपैयाँ लाग्ने बोर्डको अनुमान छ ।

यो परियोजना २०१० सालमै स्थापना गरिएको थियो । कम्पनीले २० वर्षसम्म सरकारलाई एक अर्ब ८० करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्नेछ । कम्पनीले संकलित फोहोर प्रशोधन गरी बिजुली, ग्याँस, कम्पोष्ट मल उत्पादन गर्ने योजना बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख !

किन अहिले आइफोन किन्नु हुँदैन ?

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com