ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलाल खोज्दै दिल्लीतिर


admin

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका विषयमा खोजी गर्दै एक टोली भारतको नयाँ दिल्लीतिर लागेको छ ।

वृत्तचित्र ‘तीन लाल’मा समेटिने पुष्पलालका विषयमा निर्देशक श्रीहरि श्रेष्ठको नेतृत्वमा भारतका सम्बन्धित ठाउँमा छायांकन हुनेछ । यो वृत्तचित्रमा पुष्पलालसहित कृष्णलाल अधिकारी, गंगालाल श्रेष्ठ समेटिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

भारत गएको टोलीमा एमाले नेताहरू देवशंकर पौडेल, लोककृष्ण भट्टराईसहित सन्दीप अर्याल छन् । पुष्पलालपुत्र उमेश श्रेष्ठ पनि तत्काल भारत जाने जनाइएको छ । युवा उद्यमी किरण मोक्तानले टोलीलाई बिदाइ गरेकी थिइन् ।

वृत्तचित्र निर्माण पक्षका अनुसार नयाँ दिल्लीस्थित गोविन्दपल्लब पन्त अस्पतालमा निर्वासनकै क्रममा पुष्पलालको निधन भएको थियो । तत्कालीन नेपाल सरकारले उनको पार्थिव–शरीर ल्याउन नदिएपछि निगमबोध घाटमा उनको दाहसंस्कार गरिएको थियो ।

यी ठाउँसँगै कोलकाता, पटना, दरभंगा, गोरखपुर, वनारस, फारबिसगन्ज, लखनउलगायत क्षेत्रमा वृत्तचित्र छायांकन गरिने निर्देशक श्रेष्ठले बताए । पुष्पलालसँग संगत गरेका भारतीय नेतासँग कुराकानी पनि गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com