ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश नीतिका कारण जनताले दुःख पाउन हुँदैन, चीनले बोलाए जान्छु : परराष्ट्रमन्त्री


एबीसी न्यूज

काठमाडौं ९ कात्तिक । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले सत्यमा आधारित विदेश नीति हुनुपर्ने बताएकी छिन्। उनले देशको विदेश नीतिकै कारण जनताले दुःख पाउन नहुने पनि जिकिर गरिन्।

शुक्रबार न्युज एजेन्सीसँगको कुराकानीका क्रममा परराष्ट्रमन्त्री देउवाले छिमेकका दुवै ठूला देश आफूहरूका लागि बराबर महत्त्वपूर्ण हुने दाबी गरिन्।

पृथ्वीनारायण शाहले देश निर्माणको बेलामा दुई ढुंगाबीचको तरुल भनेको स्मरण गर्दै उनले एउटा मात्रै देशसँग सम्बन्ध राख्नुपर्छ भन्नेमा आफू नरहेको प्रष्ट पारिन्।

‘हामी एकदम स्थिर बस्ने, दक्षिण र उत्तरतिर कतैपनि बढी झुकाव नराख्ने भनेको रहेछ। हाम्रो विदेश नीति यही सत्यमा आधारित हुनुपर्छ। हामी स्वाधीन राष्ट्र भएर बाँचिरहेको देश हो। हाम्रो सम्बन्धलाई परराष्ट्र नीतिले लिड गर्छ। हाम्रो नीतिले नेपालीले दुःख पाउनु हुँदैन। जहाँ जहाँ बस्छन् ति नेपालीहरूले त्यहाँ पनि अधिकार पाउनुपर्छ भन्ने मान्यता हाम्रो छ,’ उनले भनिन्।

फरक प्रसंगमा उनले आफूले परराष्ट्रमन्त्री भएपछि भारतको भ्रमण गरेको र चीनले पनि बोलाए जाने बताइन्।

‘मेरो विदेश भ्रमण चाइनामा भएको छैन तर भारतका प्रधानमन्त्रीसँगको भेटपछि चीनको परराष्ट्र मन्त्रीसँग भेट गरेका छौं। त्यो भेट सौहाद्रपूर्ण वातावरणमा भएको थियो,’ उनले भनिन्, ‘चीन पनि हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण देश हो। उत्तरमा यति धेरै लामो सीमाना छ। परेको समयमा दुवै देशले हामीलाई उत्तिकै सहयोग गरेको छ। दुई वटै देशसँग सम्बन्ध राम्रो छ। चीनले बोलायो भने म चीन भ्रमण पनि जान्छु, नजाने भन्ने कुरै हुँदैन।’

परराष्ट्रमन्त्री देउवाले देश समृद्ध बनाउन, सुखी हुन र स्वतन्त्र भएर बाँच्नलाई सहयोग गर्ने सबै असल मित्र रहेको पनि उनले बताएकी छिन्।

‘अर्को एउटा महत्त्वपूर्ण लागेको कडी चाहीँ हामी देश समृद्ध हुन, नागरिक सुखी हुन, हाम्रो देश स्वतन्त्र भएर बाँच्नलाई, समस्याहरूलाई समाधान गर्नमा जजस्ले सहयोग गर्छ ति सबै हाम्रा साथी हुन्। मित्रराष्ट्रहरूसँग राम्रो दोस्ती बनाउने र हाम्रो नन एलाइन्स नीति छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com