ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि उम्मेदवारको मनोनयन दर्ता आज


एबीसी न्यूज

काठमाडौं, २३ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गर्नुपर्नेछ । राष्ट्रपतिको निर्वाचनका लागि उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने व्यवस्था ऐनमा गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यले मतदाता गर्ने छन् । सातै प्रदेशबाट प्रदेश सांसदमा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभाका ५९ जना सदस्यहरुले राष्ट्रपति निर्वाचनमा मतदाता गर्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका एक सदस्यको मतभार ७९ हुनेछ ।

संघीय संसद्को एक सदस्यको ४८ मतभार हुनेछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सदसस्यहरुको कुल मतभार २६ हजार ३ सय ८६ हुनेछ । यस्तै, ५५० प्रदेशसभा सदस्यहरुको कुल मतभार २६ हजार ४ सय रहनेछ । जसअनुसार जम्मा मतभार ५२ हजार ७ सय ८६ हुनेछ ।

यो मतभारमध्ये जसले ५० प्रतिशत मतभार कटाउँछ, उही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यबस्था अनुसार, निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको   छ । फागुन २९ गते मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । मतदान सकिएको एक घण्टापछि गणना हुनेछ । फागुन ३० गते बिहान मुलुकले नयां राष्ट्रपति पाइसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com