ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो त्रिशुली –१ आयोजनाद्धारा मुआब्जा वितरण


एबीसी न्यूज
फाल्गुन २३, २०७४ बुधबार  ९ : ०५ बजे

रसुवा, २३  फागुन । रसुवाको उत्तरगया गाउँपालिका–१, मैलुङमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली –१, जलविद्युत आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गरेको छ ।

३३ महिनाअघि गएको भूकम्पले मैलुङस्थित आयोजनाको कार्यालय पूर्ण क्षति गरेपछि आयोजनाले ४१ रोपनी जग्गा खरिद गरेको थियो । भूकम्पका कारण झरेको पहिरोले संरचना पूर्ण क्षति पु¥याउनुको साथै जोखिम बढेपछि सुरक्षित स्थानमा जग्गा खरिद गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका साइड इन्चार्ज एंवम जनसम्पर्क अधिकृत सुमन भट्टले जग्गा खरिद गरिएको ७ परिवारलाई करिब ५ करोड मुआब्जा वितरण गरिएको बताउनुभयो । नेपाल वाटर एण्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको आयोजनाको विद्युत खरिद सम्झौता पिपिए भइसकेको छ । २ सय १६ मेगावट क्षमताको यो आयोजनाको अनुमानित लागत २० अर्ब रुपयाँ छ ।

आयोजनाले दिएको जानकारी अनुसार आयोजनाले अहिले वित्तीय व्यवस्थापन गर्ने कार्य गरिरहेको छ । वित्तिय व्यवस्थापन गर्ने कार्य सेप्टेम्बरसम्ममा सकिने र निर्माण प्रक्रिया सुरु हुने आयोजनाका जनसम्पर्क अधिकृत भट्टले जानकारी दिनुभयो । अबको दुई हप्तापछि आवश्यक पूर्वाधारको काम सुरु हुने बताइएको छ ।

कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसी र नेपाली लगानीकर्ताको लगानी रहने आयोजनाले जनाएको छ । यो आयोजना करिब ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com