ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसपीले क्रिप्टो कारोबारीसँग रकम लिएको इन्स्पेक्टरको बयान, छानबिन गर्न समिति गठन


एबीसी न्यूज

काठमाडौं ५ कात्तिक । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमरियालाई मोरङ पठाएको छ ।

२०८० फागुन २ मा मोरङ गएका कार्की कार्तिक २ मा तानिएका हुन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ । क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेका हुन् ।

क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिप्रकामा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ । छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ दिएका छन् ।

घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले  बताए । खापुङले भने, ‘छानबिन समितिले काम गरिरहेको छ, प्रतिवेदन आएपछि मात्रै तथ्य थाहा हुन्छ ।’

छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलाबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ ।

३ लाख बरामद

क्रिप्टो कारोबार गर्नेसँग लिएको रकम कार्कीले उदयपुरस्थित घरमा लगेर राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटना बाहिरिएपछि गुपचुप राख्ने शर्तमा उनले एक जना बिचौलियालाई ३ लाख रुपैयाँ दिएको भेटिएको छ । प्रहरी स्रोतका अनुसार छानबिन समितिले सो रकम बरामद गरेको छ ।

आफूमाथि छानबिन सुरु भएपछि कार्कीले क्रिप्टो कारोबारीलाई नै फिर्ता गरेको अनुसन्धानमा संलग्न प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतले  बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com