ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली विरुद्ध रविको आक्रोश, ओलीलाई सत्ताबाट गलहत्याउने चेतावनी


ABC News

 

काठमाडौँ ४ कात्तिक । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध आगो ओकलेका छन् ।
६५ करोड बढी गोरखा मिडियामा ल्याएर अपचनल गरेको आरोपमा प्रहरी हिरासतमा रहेका उनले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारको रवैयाविरुद्ध आम जनता बाहिर निस्कनुपर्ने बेला आउनसक्ने बताए । ‘अधिनायकवादी सरकारको विरुद्ध यही बेलामा देशैभरीबाट जोजो जहाँजहाँ हुनुहुन्छ, मेरा लागि होइन देशका लागि बाहिर निस्कनुपर्ने बेला आउन सक्छ’, उनले भने, ‘म सबैलाई अपिल गर्न चाहन्छु– सम्पूर्ण न्यायप्रेमी दाजुदभाइ दिदीबहिनीहरू यो सरकार रहुन्जेलसम्म उसले यस्तै हर्कत गरिरहन्छ । झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ ।’

पोखरामा लामिछाने समर्थक र प्रहरीबीच झपड

लामिछाने शुक्रबार राजधानीबाट पक्राउ परेका थिए । उनलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी उजुरीमा अनुसन्धानका लागि सीआईबीले जिल्ला प्रहरी कार्यालय कास्कीसमक्ष जिम्मा लगाएको थियो ।
उनी प्रहरी हिरासतमा गार्डको क्वाटरमा एक्लै वसेका छन् भने उनका पार्टनर पूर्व डिआइजी छविलाल जोशी गत एक महिनादेखि सोही मुद्धामा प्रहरी हिरासतमा रहेका छन् ।
लामिछानेलाई म्याद थप्न लैजांदा उनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीको छानविनलाई सघाउने बताउँदै आएका लामिछानेले आफ्नो गिरफ्तारीको विरोधमा देशभरका आफ्ना समर्थकलाई सडकमा उत्रन अह्राएर कानुनलाई हात लिने बाटो अपनाएको भन्दै सामाजिक सञ्जालमा लामिछानेको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com