ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाको पालुङटारमा एक महिलाको हत्या


ABC News

 

 

गोरखा २४ असोज । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनको उपचारको क्रममा विहीबार बिहान २ बजे दमौलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्कीले जानकारी दिए ।

 

धारिलो हतियार प्रहारबाट कुमालको घाँटीको दायाँ भागमा गहिरो चोट लागेको थियो । उनलाई सुरुमा उपचारका लागि तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजे दमौली अस्पतालमा रिफर गरिएको थियो ।

दमौली अस्पतालका चिकित्सकले आज बिहान दुई बजे मृत घोषणा गरेको प्रहरी इन्सपेक्टर कार्कीले जानकारी दिए ।

 

प्रहरीका अनुसार उनका श्रीमान राजु कुमाल विदेशमा छन् । घरमा आठ वर्षको छोरामात्र छन् । प्रहरीका अनुसार राति घर नजिकै साँस्कृतिक कार्यक्रम थियो । साँस्कृतिक कार्यक्रमबाट फर्किएर घरभित्र प्रवेश गर्ने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

प्रहरी इन्सपेक्टर कार्कीका अनुसार उनको मोबाइल बरामद गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com