ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति


मनिषा लामिछाने

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ ।

अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन् ।

एकाइ प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा १४, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको जानकारी दिए ।

उनका अनुसार बाढीपहिरोबाट विद्यालयमा धेरै क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन् । “रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ती विद्यालय तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन”, उनले भने ।

एकाइका अनुसार बाढीपहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेलमा एकजना विद्यार्थीको मृत्यु भएको छ । एकाइ प्रमुख ढकालले उनले जिल्लाका क्षतिग्रस्त विद्यालय के–कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे सरोकार भएका निकायसँग समन्वय गरेर मात्र निक्र्यौल गरिने बताए ।

रोशी–९ मङ्गलटारस्थित मङ्गल जनविजय माध्यमिक विद्यालय पूर्ण रूपमा क्षति भएको प्रधानाध्यापक बासु थापाले बताए । उनले भने, “विद्यालयको संरचनामा क्षति पुगेको छ, बाढीले क्षति पुर्‍याएपछि सूचना जारी गरेर विद्यालय बन्द गरिएको छ, विद्यालयलाई पुरानै संरचनामा नफर्काएसम्म पठनपाठन सुर गर्ने सम्भावना देखिँदैन ।” उनका अनुसार विद्यालय पुनः निर्माण गर्न रु दुई करोड लाग्नेछ ।

बाढीपहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षतिको विवरण आई नपुगेको ढकालले जानकारी दिए। सडक अवरुद्ध भएको तथा विद्युत् सञ्चालनमा नआएकाले ती तहका विद्यालयमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण सङ्कलन गर्न नसकिएको उनले बताए ।

सरकारले शुक्रबार तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता छन् भने ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिला रहेका छन् । सोबाहेक घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन् । बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै भएको अवरुद्ध छ भने प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com