ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध


एबीसी न्यूज
आश्विन १७, २०८१ बिहीबार  ११ : ४४ बजे

 

 

काठमाडाौं १७ असोज । काठमाडौँसहित देशका २४ जिल्लाका खोला–नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।

 

महाशाखाले भनेको छ –आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाइराखौँ।

यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खोला(नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

बाढी महाशाखाले भनेको छ(  साथै उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिराहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

महाशाखाका अनुसार आगामी ३ दिन कर्णाली, महाकाली र यसका सहायक नदी साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक छ।

यसैगरी कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको सूचना–

  • सिन्धुपाल्चोकसहित ४ जिल्लामा भारी वर्षा, मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे ‘अलर्ट’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com