ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिया खेतीबाट मनग्य आम्दानी


admin
फाल्गुन २१, २०७४ सोमबार  ६ : २३ बजे

तेह्रथुम, २१ फागुन । लालीगुराँस नगरपालिका–९, सोल्माका वीरबहादुर बस्नेत एक दशकदेखि चिया खेती गरेर जीविकोपार्जन गरिरहनुभएको छ । 

रोजगारीका लागि कतार पुग्नुभएका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चियाखेतीबाट आम्दानी गरिरहनुभएको छ ।

बुबाले लगाएको चिया बगानबाट नै बस्नेतले आम्दानी लिइरहेको बताउनुभयो । चियाखेतीमा आधुनिक प्रविधि भित्रिसकेको भए पनि उहाँलाई त्यसबारे थाहा छैन । न त शारीरिक सुरक्षा र स्वास्थ्यमा हुने जोखिमबारे जानकारी छ ।

बस्नेतले परम्परागत पद्धतिको चियाखेतीबाट आम्दानी गरिरहे पनि त्यसबाट हुने जोखिमबारे जानकारी नपाउँदा समस्या भोग्दै आउनुभएको छ । गाउँमा रोजगारी नपाउँदा कृषि पेशाबाट भन्दा मनग्य आम्दानी गर्ने उद्देश्यले विदेशिएका बस्नेत त्यहाँ देखे÷भोगेका अनुभवलाई संगाल्दै अहिले गाउँ फर्किएर वीरता देखाइ रहनुभएको छ । बस्नेत २०६१ सालमा रोजगारीका लागि कतार जानुभएको थियो ।

“धेरै कमाउने सोचेर अलिअलि भएको पैंसो पनि मेनपावरलाई बुझाएर परदेश पुगियो,” उहाँ भन्नुहुन्छ, “त्यहाँ धेरै कमाउनु त हैन, मेनपावरलाई बुझाएको रकम असुल्न पनि धेरै दुःख गर्नुप¥यो ।” परदेश पुगेर त्यहाँको दुःख भोगेपछि स्वदेशमा गरिने कृषि कर्ममै सुख र सफलता देख्न थालेको उहाँ बताउनुहुन्छ ।

विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने आँटले चियाखेतीमा लागेको बस्नेतको भनाइ छ । बाबुले अगाडि बढाएको चिया खेतीलाई निरन्तरता दिँदै सबै जमिनमा चिया खेती लगाएर व्यावसायिक बन्नुभएका बस्नेतको दैनिकी चिया खेतीमै बित्ने गरेको छ । चिया रोप्ने, गोडमेल गर्ने, रोग किराको नियन्त्रण गर्ने, फँडानी गर्ने, मुना टिप्ने, प्रशोधन गर्ने, प्याकिङ गर्ने, बजारसम्म पु¥याउनेलगायत काम उहाँले आफैँ गर्नुहुन्छ ।

“विदेशबाट फर्किएर चिया खेतीमै भविष्य खोजिरहेको छु,” उहाँले भन्नुभयोे, “अहिले मेरो सबै २४ रोपनी जमिनमा चिया खेती छ, सामान्य तरकारी, फलफूल खेतीबाहेक अन्य खेती छैन, मेरो सबैथोक चिया मात्रै हो ।”

एसएलसीसम्म पढ्नुभएका बस्नेत जसरी परदेश जाँदा बिना सीप र दक्षता पुग्नुभयो, त्यसरी नै चिया खेतीमा पनि लागिरहनुभएको छ । चिया खेतीको विषयमा उहाँले प्राविधिक ज्ञान पाउनुभएको छैन । “सामान्य तालीम र गोष्ठीबाहेक अन्य केही ज्ञान छैन, सबै काम गरेकै आधारमा गर्ने हो, कामले काम सिकाउँछ भन्ने उखानै छ नि,” उहाँ भन्नुहुन्छ ।

चिया खेतीबाट बस्नेतले वार्षिक रु सात लाखसम्म आम्दानी गरिरहेको बताउनुभयो । यहाँ उत्पादित हरियो पत्ती प्रतिकिलो रु ५६ मा बिक्री हुँदै आएको छ । जिल्लाभित्र प्रशोधन मेसिन नहुँदा धनकुटाको गुराँसे टि–स्टेटले खरिद गर्दै आएको हरियो पत्ती यस वर्षबाट भने गाउँमै प्रशोधन हुन थालेको उहाँले बताउनुभयो ।

“जिल्ला बाहिर पठाउँदा धेरै समस्या थियो, अहिले गाउँमै प्रशोधन मेसिन जडान भएको छ,” उहाँले भन्नुभयो । चिया खेतीमा प्रशस्त सम्भावना देख्ने बस्नेतको चिया खेतीबाट आएको आम्दानीले घर त चलेको छ, तर उहाँले व्यवस्थित रुपमा चियाखेती गर्न सक्नुभएको छैन ।

चिया खेतीमा काम गर्दा अपनाउनुपर्ने सुरक्षाका साधन र उपकरणका विषयमा उहाँलाई पर्याप्त ज्ञान छैन । चिया बगानमा काम गर्दै गरेका बस्नेतले भन्नुभयो, “दुःख त धेरै छ, हेर्नुस् यी हातमा कति ठेला उठेका छन्, यो काँडाले घोचेको डोब ।”

चिया टिप्दा लगाउने एप्रोन, हातमा लगाउने ग्लोब, आँखामा चस्मा, खुट्टामा लगाउने बुट र टाउकोमा लगाउने हेल्मेट केही पनि नभएको उहाँले बताउनुभयो । उहाँलाई प्रशोधन मेसिनमा काम गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे थाहा छैन । निरन्तर चिया खेतीमै काम गर्दा सामान्य लाग्ने घाउ चोटबाट पनि शरीरलाई धेरै असर गर्ने गरेको उहाँ बताउनुहुन्छ । यस्ता जोखिमबाट बच्न प्रयोग हुने उपकरण सजिलै प्राप्त गर्न मुस्किल हुने भएकाले प्रयोग नगरेको बस्नेतले बताउनुभयो ।

चियाको हरियो पत्तीको मूल्य अत्यन्तै कम रहेको उहाँले बताउनुभयो । “हरियो पत्तीको मूल्य लागत मूल्यभन्दा कम छ, हामीलाई लागत मूल्यको तुलनामा झण्डै रु २० घाटा पर्छ,” बस्नेतले भन्नुभयो । अन्य खाद्यान्न बालीको खेतीभन्दा फाइदा हुने भएकाले चिया खेतीमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

विदेशबाट फर्किदा रित्तो हात फर्किएका बस्नेतले कृषि विकास बैंकबाट रु १० हजार ऋण निकालेर चार रोपनी जमिनमा खेती शुरु गरेको सम्झिँदै उहाँले अहिले परदेशिने युवालाई स्वदेशकै माटोमा भिजेर काम गर्न सुझाव दिनुभयो ।

“बरु खेती प्रविधिको सीप सिक्नु, तर विदेश कोही पनि नजानु,” बस्नेतले भन्नुभयो, “त्यहाँ गएर सास्ती बेहोर्नुभन्दा यहाँ आफ्नै देशको माटोसँग खेल्नुमा धेरै मज्जा छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com