ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी-पहिरोले पनौती जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द


एबीसी न्यूज

काठमाडौं १४ असोज । अविरल वर्षाका कारण आएको बाढी(पहिरोका कारण पनौती जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहमा क्षति पुगेको छ ।

पहिरोका कारण आयोजनाको विद्युत उत्पादन गृहदेखि मुहानसम्म असर पुगेको हो । पहिरोले मुहानसम्‍मे क्षति गर्दा आयोजनाबाट विद्युत उत्पान पूर्ण रुपमा बन्द भएको छ ।

उक्त आयोजनाको लागि प्रयोग भएको पानीको मुहान रोशी खोलास्थित पनौती नगरपालिका वडा नं ८ मल्पीमा रहेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको ड्याम क्षेत्र रोशी खोलाले धार बदलेको छ। जसका कारण पुनः खोलालाई पुरानै धारमा ल्याउनका लागि समय लाग्ने देखिएको छ ।

त्यसैगरी आयोजनाको विद्युत उत्पादन केन्द्र खोपासीको केन्द्रको भवन रहेको दुवैतर्फबाट पहिरो आएको छ । पहिरो तथा विद्युत उत्पादन गृह नजिकैबाट बग्ने सलाँदुखोलामा आएको बाढीका कारण गृहको भवनभित्रै पहिरो तथा पानी पसेको छ। पानीका कारण आयोजनाको उपकरणहरुमा क्षति पुगेको छ ।

दुईतर्फको पहिरोले भवनमा असर पुर्‍याएको छ । पहिरोका कारण विद्युत उत्पादन गृहको भित्र तथा बाहिर रहेका उपकरणहरुमा क्षति पुगेको छ । पनौती जलविद्युतत केन्द्रका प्रमुख सविना उप्रेतीले जानकारी दिइन्। उनका अनुसार केन्द्रको ड्याममा खोलाले धार नै परिवर्तन गरेको, प्यानल बोर्ड, सर्किट ब्रेकर, टर्वाइन पानी र हिलोले छोपिएको छ ।

पनौती जलविद्युत आयोजना नेपालमा निर्माण भएको तेस्रो जलविद्युत आयोजना हो । सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा निर्मित यस आयोजना २।४ मेगावाट क्षमताको रहेको छ ।

आयोजनामा ३ वटा टर्वाइन जडित रहेको र वर्षाले क्षति पुग्नु अघि २ वटा टर्वाइनबाट निरन्तर विद्युत उत्पादन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com