ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्‍का कारण प्रभावित वडामा ललितपुर महानगरले ट्यांकरबाट पानी वितरण गर्ने


एबीसी न्यूज

काठमाडौं १३ असोज । ललितपुर महानगरले विपद्का कारण खानेपानीको समस्या भएका वडामा ट्याङकरबाट पानी वितरण गर्ने भएको छ।

महानगरस्तरीय विपद व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानीको व्यवस्थापन गर्ने निर्णय गरेको हो।

नगर प्रमुख चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलन नदिन यो व्यवस्था गरेको बताए।

 

उनले भने, ‘पानी शुद्धीकरणका लागि किटनासक औषधिको समेत व्यवस्था गरेका छौंँ।’

यसैगरी बैठकले अत्यावश्यक औषधि जी टु जी माध्यमबाट खरिद गर्ने समेत निर्णय गरेको छ। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रत्येक वडाबाट बाढी प्रभावितको तथ्यांक लिएर त्यसकै आधारमा राहतको व्यवस्था गर्नुपर्ने बताइन्।

उपप्रमुख बज्राचार्यले कार्यपालिकाको आकस्मिक बैठकले केही विषयहरु तत्काल निर्णय गर्नुपर्ने उनको धारणा थियो।

उनले भनिन् , ‘अन्य विषयहरु कार्यपालिकाको बैठकले निर्णय गरेर अघि बढ्दा सजिलो हुन्छ। ’

महानगरका प्रवक्ता एवम वडा नं।९का अध्यक्ष राजु महर्जनले खोला नजिकका वडाहरु बढी प्रभावित भएको बताए। सडक भासिँदा आवागमन प्रभावित भएको बताउँदै त्यसको व्यवस्थापन गर्न आफू सक्रिय रहेको बताए।

सडकमा थुप्रिएको माटोका कारण हिड्डुल गर्न असहज भएकाले तत्काल जेसिभी प्रयोग गरेर सडक सफा गर्नुपर्ने धारणा राखे। वडा नं।१३का वडा अध्यक्ष गणेश केसीले बाढीका कारण खानेपानीको पाइप अबरुद्ध हुँदा वडाबासी पानीको समस्या झेलिरहेको बताए। थुनिएको ढल तत्काल खोल्नुपर्ने र बत्तीको व्यवस्था समेत तत्काल गर्नुपर्ने धारणा राखे। वडा नं।१३, वडा नं।१४ , वडा नं।२५ , वडा नं१८ , वडा नं।२४ , वडा नं२३मा दुई दिनको अविरल वर्षाले तुलनात्मक रुपमा धेरै क्षति पुर्याएको छ।

वडा अध्यक्ष गणेश केसीले भने, केही ठाउँमा पहिरो पनि गएको छ ,त्यसको पनि व्यवस्था गर्नुपर्छ। स्थानीय सरकार भएको प्रत्याभूति दिलाउनुपर्ने उनले बताए। मानवीय क्षति धेरै भएको बताउँदै एकिन तथ्यांक अझै आउन नसकेको वडा अध्यक्ष केसीले जानकारी दिए।

वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक तथा वडा नं।१२का वडा अध्यक्ष नारायणलाल अवालेले डुबानमा परेका घरबाट माटो उठाउनु तत्कालको आवश्यकता भएको बताए। उनले भने, महानगरबाट त्यो माटो निकाल्न के सहयोग हुन्छ भन्दै सयौं फोन आइरहेको छ यसका लागि हामीले नीतिगत निर्णय गर्नुपर्छ। ’

वडा नं।३ का वडा अध्यक्ष श्री गोपाल महर्जन अप्ठ्यारोमा परेका महानगरबासीलाई तत्काल राहत उपलब्ध गराउनु जनप्रतिनिधिको दायित्व भएको बताए। आफ्नो वडामा अविरल परेको वर्षाका कारण व्यवसायीहरु मर्का परेको जानकारी दिए।

वडा नं।५का वडा अध्यक्ष विकासमान श्रेष्ठले वडास्तरबाट नै खानेपानीको व्यवस्था मिलाउँदा प्रभावकारी हुने धारणा राखे।

उनले भने, ‘घरभित्रको लेदो माटो झिक्र्ने , सडक सफा गर्ने जेसिभी पनि वडाले नै व्यवस्था गर्दा प्रभावकारी हुन्छ , त्यसका लागि नीतिगत निर्णय हुनुपर्छ।’

कार्यपालिका सदस्य रामशरण पहेलीले दुई दिनको अविरल वर्षाले वडा नं।२४मा रहेको नागदह फुट्ने खतरा रहेको बताउँदै वर्षा रोकिएका कारण तत्काललाई त्यो खतरा टरेको बताए। यसैगरी पशुपति टोलमा बनेको पार्कमा समेत बाढीले क्षति पुर्‍याएको बताए।

कार्यपालिका सदस्य सानु अवाले खानेपानीको समस्या अत्यधिक भएको बताउँदै अबरुद्ध सडक खोल्नु अहिले आवश्यकता भएको धारणा राखे। सूचना अधिकारी देवप्रसाद गुरागाइँले क्षतिको विवरण संकलन गर्नुपर्ने धारणा राखे। पहिरो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्नु महानगरको कतव्र्य भएको धारणा राखे।

जिन्सी शाखा प्रमुख सागर थापाले फोहोर व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको बताउँदै फोहोर संकलन गर्ने सवारीहरु पानीका कारण काम गर्न नसक्ने अवस्थामा पुगेकाले तत्कालका लागि छिट्टै व्यवस्था गर्नुपर्ने धारणा राखे।

जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले स्वास्थ्य चेतनाका लागि र्यापिट रेस्पोन्स टिमलाई तत्काल परिचालन गर्ने बताइन्। थप औषधिको आवश्यकता रहेको बताउँदै वडा वडामा पानी शुद्धिकरणका लागि औषधि वितरण गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com