ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपहिरो बबण्डरः ७५ जनाको मृत्यु, ४३ जना अझै बेपत्ता (विवरण)


ABC News

 

बिहीबार रातिदेखि अविरल परेको वर्षाका कारण आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ७५ पुगेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको पछिल्लो विवरण अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्।

बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन्। १५ जना घाइते भएका छन्।

काठमाडौँमा ११ जनाको ज्यान गएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ। ललितपुरमा १८ जनाको ज्यान गएको छ। ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ।

धादिङमा एक जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ।

दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्।

रुपन्देहीमा २ जना बेपत्ता छन्।

कोसी प्रदेशमा ८ जनाको ज्यान गएको छ। पाँचथरमा ५ जना र घनकुटामा २ जनाको मृत्यु भएको हो। झापामा ३ जना र पाँचथरमा ५ जना अझै बेपत्ता छन्। महोत्तरीमा एक जना बेपत्ता छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने ७० वर्षीया थुनि माया तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर सोही घरमा बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकै श्रीमती ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते भएकी थुनि माया र १२ वर्षीया बिनिसा तमाङको सतुङ्गलस्थित एपिएफ अस्पतालमा उपचार भइरहेको छ।

ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने मोहन सिंहको टहरो गएराति पहिरोले पुरिँदा उनकै श्रीमती ५८ वर्षीय सानु चालिसेको मृत्यु भएको छ। पहिरोले पुरीएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुरकै गोदावरी नगरपालिका–९ चुनिखेल बस्ने पाँचथर घर भएकी ४८ वर्षीया सुशिला लिम्बुको पहिरोले पुरिएर गए राति मृत्यु भएको छ।

आँगनमा उभिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

त्यस्तै, ललितपुरको महांकाल गाउँपालिका–३ माथिल्लो गोटिखेल बस्ने राजकुमार सिङतानको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा २ वर्षीय संयम सिङतानको घटनास्थलमै मृत्यु भएको छ।

भक्तपुरको सुर्यविनायक नगरपालिका–९ पलासे सुर्यमोड बस्ने कालीकोट सानीत्रिवेणी गाउँपालिका–५ घर भएका २४ वर्षीया बमिला शाहीको टहरा शनिबार बिहान पहिरोले बगाउँदा ३ जनाको मृत्यु भएको छ।

पहिरोले पुरिएर बमिला शाही, उनकै बहिनी १४ वर्षीया मनिशा शाही र उनकै छोरी ४ वर्षीया श्रीया बमको मृत्यु भएको हो।

काभ्रेको बेथानचोक गाउँपालिका–५ च्याल्टी बस्ने ४४ वर्षीय प्रेम बहादुर वाइवाको पहिरोले पुरिएर शुक्रबार बेलुकी मृत्यु भएको छ। च्याल्टि बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा सोही ठाउँस्थित सडकमा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको हो।

बनेपा नगरपालिका–१० मयलटार बस्ने बिक्रम हुमागाईको टहरो शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा ६ वर्षीय युबिन हुमागाईको मृत्यु भएको छ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको भक्तपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यसैगरी काभ्रेको अविरल वर्षाको कारण बनेपा नगरपालिका–१४ थालचोक बस्ने ३१ वर्षीय मिलन तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा मिलन र उनकै छोरी ४ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ।

प्रहरीका अनुसार, पहिरोमा ३ जना ब्यक्तिहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले खोजी तथा उद्दार गर्ने क्रममा उनीहरूको शव फेला परेको हो।

साथै घाइते भएकी मिलनकी श्रीमती ३२ वर्षीया आईतेमाया तामाङको प्राथमिक उपचार भइरहेको छ।

यसैगरी काभ्रे, पनौती नगरपालिका९२ ठारे बस्ने ६० वर्षीय सानुकान्छा तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै बुहारी ३६ वर्षीय कान्छी तामाङको मृत्यु भएको छ। साथै, पहिरोले पुरिएर ६ जना घाइते भएका छन्।

काभ्रेको भुम्लु गाउँपालिका९८ सिदरेचौर बस्ने २६ वर्षीय राम माझीको घर शनिबार बिहान पहिरोले पुरिँदा सोही गाउँपालिका–१ बस्ने उनकै ससुरा ५० वर्षीय गोबिन्द माझीको मृत्यु भएको छ।

पहिरोले पुरिएर रामकी आमा ४५ वर्षीया बाटुलि माझी बेपत्ता भएको र रामकी श्रीमती ३० वर्षीया राधिका माझी, छोरी १० वर्षीया शिखा माझी, छोरा ६ वर्षीय सिकिस माझी घाइते भएको भन्ने खबर हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले घाइतेहरूलाई उद्दार गरी उपचारको लागि दोलालघाट पोलिक्लिनिक पठाएको छ भने हाल बेपत्ता बाटुलिको खोजी गरिरहेको छ।

धादिङको थार्के गाउँपालिका–६ महादेवबेशी बजार बस्ने ४५ वर्षीय सानु राईको पहिरोले पुरिएर शनिबार बिहान मृत्यु भएको छ। आफ्नै टहरोमा पानी कटाउन गएको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।

त्यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथान बस्ने सन्तोष तामाङको घर शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर सन्तोषकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाको आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको हो।

उक्त घरमा सामान निकाल्न जाने क्रममा घाइते भएकी २४ वर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले बताएको छ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीस्थित आदिवासी जनजाति महासंघको सामुदायिक भवन शनिबार बिहान पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ। पहिरोले पुरिएर भवनमा सुतिरहेका फिदिम नगरपालिका–१२ बस्ने २४ वर्षीया सपना शेर्पा र उनकै छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा हाल नाम, थर, वतन नखुलेका २ जना पुरूषको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ।

पहिरोले पुरिएर हाल बेपत्ता भएका अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ।

यसैगरी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुने गाउँ बस्ने ४५ वर्षीय चित्र बहादुर मिजारको घर शनिबार दिउँसो पहिरोले बगाउँदा चित्र बहादुर र उनकै घरमा पाहुना आएका अविनाश नेपालीको हाल नाम, थर वतन नखुलेका ५ वर्षीय छोराको मृत्यु भएको छ।

साथै, पहिरोमा बेपत्ता भएका चित्र बहादुरकी श्रीमती ४५ वर्षीया ठुली कान्छी मिजार र अविनाशको प्रहरीले खोजी गरिरहेको छ।

रामेछाप, अविरल वर्षाको कारण रामेछाप नगरपालिका–६ ज्यामिरेबोटस्थित गोठ शनिबार बिहान पहिरोले बगाउँदा सोही ठाउँ बस्ने ५१ वर्षीया धन माया मगरको मृत्यु भएको छ।

मकवानपुरको अविरल वर्षाको कारण बागमती गाउँपालिका–२ सल्लेरीस्थित घर शुक्रबार राति पहिरोले पुरिँदा सोही गाउँपालिका–३ सुक्खा सल्यनी बस्ने २० वर्षीया फुलमाया थिङको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com