ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्याय परिषद्मा भित्र बैठक, बाहिर धर्ना


एबीसी न्यूज

काठमाडौं ११ असोज । न्याय परिषद्को बैठकस्थलबाहिर नेपाल बार एसोसिएसनले धर्ना दिइरहेको छ। दर्के झरी परिरहेका बेला नेपाल बारको नेतृत्वमा गएका कानुन व्यवसायीहरू छाता ओढेर धर्ना दिइरहेका छन्।

तत्काल न्यायाधीश नियुक्त गर्न नहुने नेपाल बारको माग छ।

न्याय परिषद्ले गत वर्ष गरेको न्याय परिषद् नियमावली संशोधनको विरोधमा बार आन्दोलिन छ। उक्त संशोधित नियमावली खारेजीपछि मात्र न्यायाधीश नियुक्त गर्नुपर्नेमा बारको जोड छ।

यस्तै, यसअघि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा गठित कार्यदलको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग बारले राखेको महासचिव अञ्जिता खनालले नेपालखबरलाई जानकारी दिइन्।

बार–बेन्च द्वन्द्व समाधान गर्न गठित कार्यदलमा बारका तर्फबाट गएका प्रतिनिधिहरू अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले फरक मत राखेका थिए।

न्यायाधीश नियुक्तिको मुख्य एजेन्डाका साथ न्याय परिषद् बैठक रामशाहपथस्थित परिषद् सचिवालय बिहान १० बजेदेखि बैठक जारी छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसिरहेको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत, सदस्यहरू रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन्।

बैठकमा सहमति भएमा उच्च अदालत र सर्वोच्च अदालतमा एकसाथ न्यायाधीश नियुक्ति गर्ने तयारी छ। साथै, जिल्ला र उच्च अदालतका न्यायाधीशका विषयमा परेका करिब ४० वटा उजुरीमा पनि बैठकले निर्णय गर्नेछ।

सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा करिब २० जना न्यायाधीश नियुक्त गर्न सक्ने गरी तयारी अघि बढाइएको छ। यसअघि उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी भएको थियो। नेपाल बार एसोसिएसनको विरोधका कारण उक्त तयारी बिथोलिएको थियो।

पछिल्लोपल्ट सर्वोच्च अदालत बार एसोसिएसनले ज्ञापनपत्र नै बुझाएर वरिष्ठ अधिवक्ताको उपाधि वितरण र न्यायाधीश नियुक्तिका अविलम्ब गर्न ज्ञापनपत्र नै बुझाएपछि प्रधानन्यायाधीश श्रेष्ठ पुनः सहमतिको प्रयासमा लागेका हुन्।

जाँदाजाँदै प्रधानन्यायाधीशले टुंग्याए वरिष्ठ अधिवक्ताको विवाद, १५९ जनाले पाए उपाधि सूची०
प्रधानन्यायाधीश श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको फुलकोर्टको बैठकले १५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि निर्णय गरिसकेको छ।

यसअघि असोज ७ गते बसेको बैठकमा कुरा नमिल्दा बिनानिष्कर्ष सकिएको थियो।

न्यायाधीश नियुक्तिको अन्तिम प्रयासमा प्रधानन्यायाधीश श्रेष्ठ, यस्तो छ जोडघटाउ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com