ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन भएको छ सरकार विस्तारमा ढिलाई, के राजपा पनि सरकारमा आउन इच्छुक छ ?


एबीसी न्यूज

 

काठमाडौं, २१ फागुन । वाम गठबन्धन र फोरमबीच पटक पटक त्रिपक्षीय वार्ता भएपनि मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ ।

सरकारमा दुईतिहाई बहुमत पुर्‍याउने कसरतमा लागेका प्रधानमन्त्री ओलीले फोरमलाई पनि सरकारकाम समावेश गर्नुपर्ने कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको स्रोतको दावी छ ।

संविधान संशोधनका बारेमा त्रिपक्षीय सैद्धान्तिक सहमति भएपनि मन्त्रालयको भागबण्डा टुंगिन सकेको छैन । आइतबार एमाले, माओवादी र फोरमको शीर्ष नेताहरुबीच दिनभरजसो छलफल भएपनि ठोस निर्णय भने हुन सकेन । पटक पटकको वार्तापछि नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सहमति हुन सकेको छैन । मुख्य रुपमा पेचिलो बन्दै गएको मन्त्रालयको भागबण्डाको गाँठोले सहमतिको बिन्दुलाई धकेल्दै गएको छ । संघीय समाजवादी फोरमले उप्रधानमन्त्री सहित तीन मन्त्रालयको माग गरेको छ । स्रोतका अनुसार पार्टीभित्र मन्त्रीको आकांक्षीलाई व्यवस्थापन गर्न उपेन्द्र यादवले ३ मन्त्रालयको अडान छाड्न सक्नुभएको छैन । तर वाम गठबन्धन फोरमलाई तीन मन्त्रालय दिन तयार छैन । उप–प्रधानमन्त्री नराख्ने निर्णय गरिसकेका प्रधानमन्त्री ओलीले फोरमलाई ल्याउनकै लागि उपप्रधानमन्त्री दिन नसक्ने बताउनुभएको छ । वाम गठबन्धन २ मन्त्रालय सहित १ राज्यमन्त्री दिन भने लचिलो भएको छ । २५ सदस्यीयसम्म मन्त्रिपरिषद गठन गर्न सक्ने संवैधानिक व्यवस्था भएपनि सरकारले १७ मन्त्रालय कायम गरेको छ । जस अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति भएको छ । दुबै दलमा मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा फोरमलाई ३ मन्त्रालय दिन नसक्ने वाम गठबन्धनको बुझाई छ । तैपनि एक मन्त्रालय थपेर भएपनि फोरमलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भैरहेको बुझिएको छ ।यता राष्ट्रिय जनता पार्टी राजपाले सरकारमा सहभागी हुन इच्छा देखाएको छ । उसले फोरमसँग मात्र नभई आफूहरुलाई पनि समेटेर संविधान संशोधनका लागि वार्ता गर्न माग गरेको छ । राजपा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन गर्दै मधेश आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिए सरकारमा जान सक्ने बताउनुभयो । तर उहाँले तत्काल राजपा सरकारमा जाने संभावना भने नरहेको बताउनुभयो । तर पछिल्लो समय राजपाका नेताहरुले सार्बजनिक कार्यक्रममै सरकारले फोरमसँग मात्र वार्ता गरेको र आफूहरुलाई वास्ता नगरेको भन्दै असन्तुष्ट जनाउन थालेका छन् । आइतबार राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सरकार गठन र संविधान संशोधनबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com