ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेले अनुसन्धानलाई अवरोध गर्न खोज : महासचिव पोखरेल, एमाले


ABC News

 

काठमाडौं ९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । तर साझेदारमध्ये एक छविलाल जोशी पक्राउ परिसकेको र उनले दिने बयानका आधारमा अनसन्धान अगाडि बढ्ने उनले बताए ।

बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले पनि अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ उनले भने, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ ।’

 

‘जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन’ उनले अगाडि भने ।

अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए । एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा ९झण्डै ६५ करोड० सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ पोखरेलले भने, ‘कानुन विपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्नु अत्यन्त हानिकारक छ ।’

 

सामाजिक सञ्जालको विकासका कारण आम सञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वाकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए । रविको नाम नलिई उनले संकटमा पुर्‍याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत बताए ।

एमाले महासचिव पोखरेलले भने, ‘क्लिनचिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर अदालतबाट सफाइ प्राप्त हुन्छ । त्योभन्दा पहिला हल्ला गरेको भरमा क्लिन चिट प्राप्त हुँदैन ।’ सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको उनले बताए ।

कांग्रेस र एमालेले दोषी भन्ने, रास्वपाले निर्दोष दाबी गरेको अवस्थामा अनुसन्धान कसरी अगाडि बढ्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पोखरेलले छवि जोशीको बयान महत्वपूर्ण हुने बताए । उनले अगाडि भने, ‘यो घटनासँग सम्बन्धित एक जना साझेदार समातेर अनुसन्धानको प्रक्रियामा छ । उनले दिने रिपोर्टले धेरै कुरा तय गर्छ ।’

जीबी राई फरार भएकाले उपलब्ध भएका छबिलाललाई नियन्त्रणमा लिएर अनसन्धान थालेको उनले बताए । ‘छवि जोशी, एक जना साझेदार र विचमा कुरा नमिलेपछि साझेदारीबाट बाहिरिएका व्यक्तिबाट अनुसन्धान प्रक्रिया सुरु भएको छ’ मलाई लाग्छ, त्यसले सत्य तथ्य उजागर गर्छ । त्यसैले अनुसन्धान रोकिने होइन, अझ अगाडि बढ्छ ।’

रवितर्फ संकेत गर्दै उनले भने, ‘कसलाई कतिबेला बोलाएर अनुसन्धान गर्ने भन्ने नेपाल प्रहरीको विषय हो । त्यसमा राज्यले चासो राख्ने, हस्तक्षेप गर्ने भन्ने हुँदैन, गर्दैन पनि ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com