ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदै


एबीसी न्यूज

काठमाडौं ७ भदौ ।  कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

आइतबार दिउँसो काठमाडौंको शङ्खमूलबाट प्रहरीले नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राती साढे ९ बजे हवाइजहाजमार्फत पोखरा ल्याइएको हो । गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिजभिनमा गैरकानुनी रुपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक ९डिआइजी० समेत हुनुहुन्छ । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनको कागजात नियन्त्रणमा लिएको थियो ।

काठमाडौं महानगरपालिका –१, नक्साल बस्ने ५९ वर्षीय जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो । जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

“आज अदालत लगिन्छ, संसदीय समितिको प्रतिवेदन, प्रहरीले तयार गरेको प्रतिवदेन, अरु छानबिन समितिका प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्छौं” प्रहरी प्रमुख थापाले भन्नुभयो, “सरकारको निर्देशनअनुसार कानुन कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध छ ।”

सूर्यदर्शनमा सेयर रकम, बचत, जगेडालगायतका कोषमा हुनुपर्ने रकम गैरकानुनी रुपमा अपचलन भएको छ । सहकारीको एक अर्ब ३५ करोड हिनामिना भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, जिबीका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलगायतलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

अभियुक्तमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् । १९ जनालाई विपक्षी बनाइएकोमा अझै १३ जना फरार छन् । २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । त्यसयता सहकारी पीडितको आन्दोलन र पूरक जाहेरीपछि प्रहरीले सूर्यदर्शनबारे थप अनुसन्धान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले काठमाडौंसमेत पुगेर अभियुक्तसँग बयान लिई प्रतिवेदन तयार पार्नुभएको छ ।

गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा चले पनि अरु कसैविरुद्ध पक्राउ पुर्जी नलिइएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले गत वर्ष सात सहकारीको अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । सबै मुद्दा विचाराधीन छन् ।

सहकारीको रकम ठगीका मुख्य अभियुक्त जिबी राई भने अहिले मलेसिया छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा १, साँदी घर भएका राईको परिवार सामान्य खेतीकिसानी गर्थ्यो । जिबी सहकारी ठगीमा परेपछि परिवार कोही गाउँमा नरहेको वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

नेटवर्किङ व्यवसाय हुँदै देशका विभिन्न ठाउँमा सहकारी खोली धेरै ब्याज दिने प्रलोभन दिएर बचत जम्मा गरी योजनाबद्ध रुपमा उनले अपचलन गरेको खुलेको छ । ठाउँ ठाउँका सहकारीबाट गोर्खा मिडियामा रकम पठाई अपत्यारिलो तलव दिने गरेको संसदीय समितिको प्रतिवेदनले औंल्याएको छ । राई उनको परिवारका सदस्य र अरु प्रतिवादी र कतिपय उनीहरु सञ्चालक रहेको कम्पनीले सहकारीबाट गैरकानुनी रुपमा ठूलो रकम लगेको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com