काठमाडौं ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न साइबर व्युरोका प्रहरी उनको निवास पुगेका छन् ।
बि एण्ड सी मेडिकल कलेजका सन्चालकसमेत रहेका प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरस्थित उनको निवास पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौँले व्यवसायी प्रसाईंसहित तीन जनाविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अदालतसँग अनुमति मागेको थियो ।
प्रतिक्रिया दिनुहोस्