ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एडीबीले काठमाडौं उपत्यकाको खानेपानी सुधारका लागि दियो करिब २३ अर्ब ऋण


एबीसी न्यूज

काठमाडौं ४ असोज । सरकारले काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर करिब २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ।

असोज २ गते बसेको मन्त्रिपषिद बैठकले उक्त ऋण तथा करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।

यस्ता छन्, असोज २ गतेको मन्त्रिपरिषदका निर्णयहरू
सामान्य प्रत्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न समिति गठन गर्ने र अर्थ मन्त्रालयको प्रस्तावमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका माननीय सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्छ्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने।

मिति २०८१ कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिंगटन डिसीमा आयोजना हुने विश्वबैंक समूहको अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा भाग लिन माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री नेतृत्वको टोलीलाई बैठकमा भाग लिन स्वीकृति दिने।

काठमाडौं उपत्यका खानेपानी आपूर्ती सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर ९करिब २२ अर्ब ८९ करोड रुपैयाँ० बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा १५ मिलियन ९करिब २ अर्ब १ करोड रुपैयाँ० बराबरको अनुदान सयहायता एवम् जापान फन्ड फर पस्परस एण्ड रिजोलुसन एसिया एण्ड प्यासिफिक बाट प्राप्त हुने ३ मिलियन अमेरिकी डलर करिब ४० करोड रुपैयाँ ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com