ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनानको एयरपोर्टबाट उड्ने विमानमा वाकी–टकी र पेजर बोक्न प्रतिबन्ध


ABC News

 

 

काठमाडौं ३ असोज , लेबनानमा सञ्चार उपकरण पेजर र वाकी–टकी विस्फोट भएर ३७ जनाको मृत्यु र सयौँ घाइते भएपछि राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानमा ती उपकरण बोक्न प्रतिबन्ध लगाइएको छ।

बेरुतमा अवस्थित यो एयरपोर्ट लेबनानको एक मात्र व्यावसायिक एयरपोर्ट हो।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले उड्डयन एजेन्सीलाई उद्धृत गर्दै यात्रुहरूलाई आफ्नो साथमा पेजर वा वाकी–टकीजस्ता उपकरण नल्याउन भनिएको छ।

त्यस्ता उपकरण फेला परेमा तुरुन्तै जफत गरिने जनाइएको छ।
यसैबीच लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले बुधबार देशमा सञ्चार उपकरण वाकी–टकी विस्फोट हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको बताएका छन्।

बिहीबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री अबेदले विस्फोटमा घाइते हुनेको संख्या कम्तीमा ६०८ पुगेको बताए।

मंगलबार र बुधबार दुवै दिन भएका बम विस्फोटमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ, जसमध्ये मंगलबार भएको पेजर विस्फोटमा १२ जनाको मृत्यु भएको थियो।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबेदले आफ्नो देशले यस विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएको बताएका छन्। लेबनानले यस मुद्दामा अर्थपूर्ण वार्ता हुने आशा राखेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com