ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुडामणिको चमत्कार, अरबौं भ्रष्टाचार तर ४५ लाख धरौटीमामा सामान्य तारेख


ABC NEWS


काठमाडौं । अकूत सम्पत्तिको मुद्दा लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।

४ करोड २९ लाखको बिगो दाबी गर्दै अख्तियारले हालेको अकुत सम्पत्तिको मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेको थियो । इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर शर्मा छुटेको अदालतले जनााएको छ ।

तात्कालीन अख्तियार प्रमुख दिप बस्नेत र चुडामणि शर्माबीच अबैध रकम बांडफांडमा विवाद भएपछि
४ करोड २९ लाख ५४ हजार १ सय २४ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियारले १५ माघमा शर्माविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
‘करिब साढे चार करोड रुपैयाँको बिगो मागदाबीसहित शर्मा र उनको परिवारका केही सदस्यलाई प्रतिवादी बनाइएको छ, ।
स्रोतका अनुसार शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन् । उनले कतिपय आम्दानी आफन्त र व्यापारीका नाममा लुकाएको स्रोतले बतायो ।
आन्तरिक राजस्व विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्माविरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत साउन १ मा अख्तियारले शर्मासहित कर फस्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस मुद्धामा ३ अर्ब ३४ करोड बिगो र बिगोको दोब्बर जरिवाना असुल्नुपर्ने मागदाबी गरिएको छ । तीन जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको हो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा शर्माले आफ्नो विवरण बुझाउन आनाकानी गरेका थिए । केही दिन बयानमा आएका उनी पछि म्याद गुजारेर सम्पर्कविहीन भएर भारत गएर बसेका थिए । भारत बसाईका लागि उनीसहितका अन्य कर्मचारीको भारतीय माफियाहरुसंगको साझेदारीमा गरिएको व्यापारका साझेदारहरुले व्यवस्था मिलाएको उनको पारिबारिक स्रोतले बताएको छ ।

शर्माका अनेक काण्ड
सुपारी काण्ड

तेस्रो मुलुकबाट आयात गरी नेपाली उत्पादनका रूपमा ट्याग लगाई भारत निकासी हुने सुपारी प्रकरणमा समेत निलम्वित सहसचिव शर्मा मुछिएका छन् । सुपारी तस्करको संरक्षण गरेको भनी अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की बारम्बार विवादमा मुछिएका थिए । सोही प्रकरणमा विभागको महानिर्देशक भएका बेलामा शर्मासमेत मुछिएका हुन् । कार्की र शर्माको विशेष चलखेलका कारण नै राष्टिय ढुकुटी रित्याइएको अर्थका कर्मचारीहरु बताउंछन् ।

‘निकासी भएको सुपारीको रकम विदेशबाट भुक्तानी भएपछि मात्रै व्यापारीले कर दिनुपर्ने थियो, तर राजस्व पुनरावलोकन समितिका संयोजकसमेत रहेका शर्माले धमाधम कर फिर्ता गर्ने गरेका थिए ।
चूडामणि शर्मा सदस्य सचिव रहेको कर फस्र्योट आयोगले विभिन्न कम्पनीका १ हजार ७९ फाइलमाथि कारबाहीका क्रममा करिब २१ अर्ब रुपैयाँ कर छुट दिने निर्णय गरेको थियो । एकैपटक सबै फाइलको अनुसन्धान गर्न नसकेको अख्तियारले पहिलो चरणमा कर फस्र्योट आयोगले निर्णय गरेका ४३ फाइलमाथि मात्रै अनुसन्धान गरी शर्मासहित विरुद्ध मुद्दा दायर गरेको थियो ।

कर फर्स्योट आयोगले निर्णय गरेका बाँकी १ हजार ३६ फाइलमाथि अख्तियारले नयां ढंगले अनुसन्धान गर्ने तयारी रहेको अख्तियार स्रोतले बतायो ।

कर फस्र्योटका सन्दर्भमा माग नभएको रकमसमेत छुट दिइएको छ भने नक्कली भ्याट बिल प्रकरणका व्यावसायिक फर्म र कम्पनीहरूको कर पनि मिनाहा भएको छ । अदालतमै विचाराधीन मुद्दासमेत फिर्ता नलिएकै अवस्थामा करदाताको बक्यौता मिनाहा गरिएको छ ।
विवादास्पद पृष्ठभूमि
दर्जनौं अनियमितताको उजुरी र पत्रका बाबजुद शर्मा लामो समय आन्तरिक राजस्व विभागको महानिर्देशक थिए । उनीविरुद्ध तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीकै पालामा दर्जनौं उजुरी परेका थिए । तर छानबिन हुनुको साटो कार्कीको संरक्षण आडमा शर्माले एकपछि अर्को विवादास्पद निर्णय गर्दै आएका थिए । व्यापारीहरूले उठाइसकेको मूल्य अभिवृद्धि करसमेत छुट दिएको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो ।
शर्मा अत्यन्त विवादास्पद सरकारी अधिकारी हुन् । सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशील कालोबजारी मुद्दामा मिलेमतो गरेका कारण विवादमा परेका शर्मा त्यसपछि ललितपुरको प्रजिअमा सरुवा भए । त्यहाँ रहँदा उनले गैरकानुनी रूपमा ढुंगाखानी सञ्चालनको अनुमति दिने विवादास्पद र अनियमित निर्णय गरेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रूपमा रहंदा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अवैध हातहतियारदेखि अन्य मुद्दामा उनी खुलमखुला मोलमोलाइ गर्थे ।’ सुडान प्रकरणमा जोडिएका शम्भु भारतीको नाममा नेपाल भित्र्याउन लागिएको १० करोड रुपैयाँको फाइल अघि बढाउन खोजेपछि तत्कालीन अर्थसचिव रामेश्वर खनालले उनलाई राजस्व प्रशासनबाट हटाएका थिए ।
शर्मा सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक हुंदा अधिकृत शम्भु चालिसे १० लाख रुपैयाँ घूससहित पक्राउ परेको घटनामा उनको समेत नाम जोडिएको थियो । शर्माबाट परिचालित चालिसेले पछि भने नाटकीय रूपमा घूस प्रकरणमा आफूमात्रै संलग्न रहेको खुलेआम बयान दिएका थिए । त्यही बेला अरबौं कालो धन नेपाल भित्राउने राजनीतिक अपराधमा समेत शर्मा सहभागी भएर तात्कालीन अर्थमन्त्री रामशरण महतलाई रिझाउन सफल भएका थिए ।
आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेपछि शर्मा अर्थमन्त्रीमा कृष्णबहादुर महराको समेत प्रिय पात्र बन्न सफल भएका थिए । सचिवमा बढुवा हुने तरखरमा रहेका चूडामणिले आन्तरिक राजस्व विभागमै सचिवको दरबन्दी सिर्जना गरी त्यहीँ रहने योजनासमेत बनाएका बेला तात्कालीन अख्तियार प्रमुख बस्नेतले शर्मालाई झ्याप पारे अख्तियार स्रोतले भन्यो ।
एनसेल कर विवादमा समेत उनले लोकमान सिंह कार्कीका लागि मोलमोलाईमा सहभागी भएका थिए ।
शर्मा महानिर्देशक भएपछि राजस्व कार्यालयहरूले विभागमा खडा गरिएको बास्केटमा रकम जम्मा गर्नुपर्ने विसंगति भित्र्याए । ‘मैले कति जना मानिस कहाँकहाँ पाल्नुपर्छ, थाहा नभए पीएलाई सोध्नू’ भनने आदेश गरेर अर्थमन्त्रालयका कर्मचारीमा दादागिरी नै चलाएका थिए उनीहरुले ।
यतिबेला शर्मा राजनीतिक पहुंच बढाउने देखि पण्डाहरुकहां धाएर आफ्ना मुद्धा झिसमिस पार्ने खेलमा तिव्र ढंगले लागेका छन् । शर्माले राजनीतिक पहुंच बढाउन सत्तारुढ दल एमालेका बरिष्ठ नेताहरुकहां पहुंच बढाउन विभिन्न स्रोतहरुमार्फत कोशिश गरिरहेको एमाले स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com