ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश धितोपत्र दलालको टीएमएसमा समस्या, कारोबार प्रभावित


एबीसी न्यूज

काठमाडौं ३१ भदौ । आज बिहान अधिकांश धितोपत्र दलाल कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको अनलाइन कारोबार प्रणाली नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स० मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरूले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ डीएनए लगइन हुन नसक्दा समस्या देखिएको हो।

यद्यपि, के–कस्तो प्राविधिक कारणले डीएनएमा लगइन हुन सकेन र ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० मा समस्या देखियो भन्ने अझै खुलेको छैन। साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डीएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरूले सामान्य प्राविधिक समस्या बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनभिज्ञता जनाएको छ।

नेपाल स्टक एक्सचेञ्जका सूचना अधिकारी मुराहरि पराजुलीले केही धितोपत्र दलालहरूको प्रणालीमा समस्या देखिएपछि कारोबार प्रभावित भएको पुष्टि गरे। ‘बिहान डीएनए लगइन नहुँदा समस्या देखिएको भन्ने जानकारी नेप्सेमा आएको छ। त्यसको केही समयपछि समस्या समाधान भएको र कारोबार पुनः सञ्चालन भएको जानकारी पाएका छौँ। यस विषयमा थप जानकारी लिइरहेका छौँ,’ पराजुलीले भने।

ब्रोकरहरूको कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० मा समस्या देखिँदा आज बिहान करिब २५ मिनेट कारोबार प्रभावित भएको कालिका सेक्युरिटिजका अध्यक्ष नरेन्द्रराज सिजापतिले जानकारी दिए। के(कस्तो प्राविधिक समस्याका कारण टीएमएसमा अवरोध भएको हो भन्ने कुरा ब्रोकर कम्पनीहरूलाई डीएनए सुविधा उपलब्ध गराइरहेको कम्पनी वाइकोलाई जानकारी हुने उनको भनाइ छ।

ब्रोकर कम्पनीलाई डीएनए सुविधा उपलब्ध गराइरहेको वाइकोका प्रबन्धक अमृत आचार्यले आन्तरिक प्रणाली ९नेटवर्क० मा समस्या देखिएका कारण केहीबेर डिएनए लगइन हुन नसकेको बताए। उनले भने, ‘बिहान नेटवर्कमा केही समस्या देखिएको थियो, जसकारण कनेक्सनमा समस्या देखिएको हो। अहिले समस्या समाधान भइसकेको छ।’

अधिकांश ब्रोकर कम्पनीले वाइकोमार्फत सेवा लिइरहेकामा त्यस्तो सेवा लिइरहेका ६० प्रतिशत ब्रोकरहरूको टीएमएस प्रभावित भएको आचार्यको भनाइ छ। आजको घटनालाई साइबर सुरक्षाका दृष्टिले गम्भीर नभई सामान्य प्राविधिक समस्याका रूपमा बुझ्न आचार्यले आग्रह गरे।

धितोपत्र कारोबार सञ्चालन नियमावली, २०७९ को व्यवस्था हेर्दा आजको घटनामा धितोपत्र दलाल व्यवसायीहरुको लापरबाही मात्र नभएर नियामकको पनि गम्भीर त्रुटि देखिएको जानकार बताउँछन्।

नियमावलीको व्यवस्थाअनुसार धितोपत्र कारोबार सदस्यहरूले त्यस्तो कारोबार सञ्चालन गर्न नेप्सेको प्रणालीसँग आबद्ध हुने गरी आफै कारोबार व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्ने उल्लेख छ। तर धितोपत्र कम्पनीहरूले भने तेस्रो पक्षको कम्पनीका रूपमा वाइकोमार्फत सेवा लिइरहेका छन्।

त्यस्तै, नेटवर्कसम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानका लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गर्नुपर्ने, साइबर आक्रमणसम्बन्धी घटना र समस्याको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाका लागि अनुगमन गर्नुपर्ने, बिजनेस रिकभरी म्यानेजमेन्ट प्रणाली स्थापना गर्ने, कारोबार व्यवस्थापन प्रणाली सञ्चालनका लागि आवश्यक पर्ने सर्भर भण्डारण ९स्टोरेज० क्षमता, सुरक्षा व्यवस्थापन ९फायरवाल०, नेटवर्क र सैन स्वीच तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्नेलगायत नियमावलीका व्यवस्था कार्यान्वयन भए नभएकोबारे नियामकले अनुगमन र कारबाही गर्न सकेको छैन।

नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीले आजको घटनाबारे बोर्डमा कुनै पनि जानकारी नआएको बताए। नेप्सेले धितोपत्र दलालहरूलाई आफै डाटा सेन्टर राख्न, प्रावधिक जनशक्ति राख्न भने पनि धितोपत्र दलालहरूले तेस्रो पक्षबाट यो सुविधा लिँदै आएका छन्। रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com