काठमाडौं ३१ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र सञ्चार सचिव राधिका अर्यालबीच कार्य सम्पादन सम्झौता भएको छ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कामको सम्झौता गरिएको हो।
सम्झौतापत्रमा सरकारको नीति तथा कार्यक्रमदेखि बोर्डले गर्ने वार्षिक कार्यक्रमहरु समावेश छन्। सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलमा सिनेमाको स्तरोन्नतीका योजनाहरु समेटिए। मन्त्री गुरुङले पनि सुझाव र निर्देशन दिएका थिए।
सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनाको कार्य अवस्थाको प्रतिवेदन बुझाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। सञ्चार मन्त्रालयले आफु मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको थियो।
प्रतिक्रिया दिनुहोस्