ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन २७ गते ओली नेतृत्व सरकारले विश्वासको मत लिदैं


एबीसी न्यूज

काठमाडौं,१९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी फागुन २७ गते विश्वासको मत लिने भएको छ। एमाले र माओवादी संसदीय दलको आज बसेको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले २७ गते बिश्वासको मत लिने जानकारी दिनुभएको हो ।

संविधान अनुसार प्रतिनिधिसभामा कुनै एकदलको बहुमत नपुगे नियुक्त भएको तीस दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने व्यवस्था छ। संसदमा सरकारको पक्षमा अहिले एमाले र माओवादी दुइवटा दलको मात्रै सहज बहुमत रहेको छ। राष्ट्रपतिले एमाले र माओवादी अध्यक्षको सिफारिशमा बाम गठबन्धनका नेता ओलीलाई गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

एक महिनाको समय चैत ३ गते पुग्ने भएपनि प्रधानमन्त्री ओलीले फागुन २७ मा बिश्वासको मत लिने जानकारी गराउनु भएको हो । सहज बहुमत रहेपनि दुई तिहाई बहुमतका साथ सरकार सञ्चालन गर्न प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय समाजवादी फोरमलाई समेत सरकारमा ल्याउन कसरत गरिरहनु भएको छ ।

फोरमसँगको अधिकांश बिषय मिलेपन हैसियत भन्दा बढी मन्त्रालय खोजेपछि कुरा मिल्न सकेको छैन । निर्वाचनमा प्रदेश २ मा सवैभन्दा ठुलो दल बनेको फोरमलाई सरकारमा सहभागी गराई सवै प्रदेशको सरकारलाई केन्द्रसँग समन्वय गरी समृद्धिको खाका अघि बढाउने प्रधानमन्त्री ओलीको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com