ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकता र समृद्धिका पक्षमा सांसदलाई ओली र दाहालको निर्देशन


abc

 

काठमाडौँ, १९ फागुन । संघीय संसद्मा बहुमतमा रहेको वाम गठबन्धनका अध्यक्षहरुले पार्टी एकता र मुलुकको समृद्धिको भावनाका साथ प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँहरुले सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आग्रह गर्नुभएको हो ।

नवनिर्वाचित सांसदहरुको शपथ हुने अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै दलका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुबै पाटी एकता हुने अन्तिम विन्दुमा पुगेको भन्दै जनतालाई शक्तिशाली र एकतावद्ध बनाई विकासका काम अघि बढाउन आफूहरु एक हुन लागेको स्पष्ट गर्नुभयो ।

आफूहरुले लगाएको पोशाकमा नेपालमा उत्पादन गरेको लत्ताकपडाको त्यान्द्रो समेत नरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रशस्त सम्भावना भए पनि मुलुक अल्पविकसित हुने अवस्थाबाट माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका मनोनित तीन सदस्यका बारेमा सर्र्वाेच्च अदालतमा रिट परेपनि उक्त नियुक्तिलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, “कानून पढेर राजनीति गर्ने भगडियाहरुले हालेको मुद्दामा धेरै अल्मलिनु पर्दैन, सरकारको कार्यक्षेत्रमा अदालतबाट हस्तक्षेप नहुने विश्वास लिएको छु ।”
संसद्, अदालत र सडकमा समेत वास्तविक नागरिकता र कागजी नागरिकताबारे विवाद हुनुले नेपाल कुन हालतमा छ, भन्ने संकेत गरेको बताउँदै उहाँले आफूले भाइ भन्दै आएका सदस्य महेन्द्रराय यादवलाई ज्येष्ठ सदस्यबाट सांसदको शपथ लिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
मुलुक बनाउने सन्दर्भमा प्रतिपक्षलाई समेत साथ लिएर र सम्मान गरेर आफूहरु अघि बढ्ने उद्घोष गर्दै उहाँले राम्रो र सक्षम मान्छेको खोजीमा सरकार रहने स्पष्ट गर्नुभयो ।

सांसदलाई पार्टी र आन्दोलनलाई प्रमुख मानेर अघि बढ्न सम्झाउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरुवा बढुवाका फाइल होइन देश विकासका फाइल बोक्नुस्, जनताले तपाईलाई जतिबेला हेरेपनि दाग नभएको रुपमा देख्न सकोस् ।”

प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा अनावश्यक झमेला नगर्न पनि आग्रह गर्नुभयो । उहाँले छिमेकी भारत, चीन र अन्य मुलुकसँगको नेपालको सम्बन्ध राम्रो रहेको र ती देशले नयाँ सरकारसँग सहकार्य गर्न इच्छा व्यक्त गरेको उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको पृष्ठभूमिमा आफूहरुको संयुक्त संसदीय दलको बैठक भइरहेको र केही दिनमा एउटै संसदीय दल हुने जनाउँदै विकास नहुने भूमरीमा परिरहने राजनीतिलाई त्यसबाट बाहिर निकाल्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

साझा चुनावी घोषणापत्र र उम्मेदवारका साथ जाँदा डेढमहिनामै जनतालाई एकता पार्न सकिनु आफैंमा विश्वविद्यालय हुनपुगेको बताउदै अध्यक्ष दाहालले भन्नुभयो, “अब हामी राष्ट्रिय पँुजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछौँ, एकताको निर्णयले नेपाललाई १०० वर्षपछि जानबाट अघि ल्याएको छ, त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको छ ।”

विगतमा एमाले र केन्द्रले अघोषित रुपमा एकले अर्काेको रक्षा गर्दै आएको स्मरण गर्दै उहाँले मदन भण्डारीको जनताको बहुदलीय जनवादका कारण पनि आफूहरु यहाँसम्म आइपुगेको बताउनुभयो ।

बैठकमा एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संसदीय नियम र अभ्यासको हेक्का राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सांसद्हरुलाई आग्रह गर्नुभयो । संघीय संसद्मा दुई दलका कूल २१४ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

काठमाडौं २४ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका एमालेका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिले आफ्नो माग सम्बोधन नभएकोले

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

काठमाडौं, २४ माघ । निर्वाचनपश्चात नयाँ सरकारको बनेको ४२ दिनमै पूनः सरकार अस्थिर अवस्थामा पुग्ने संकेत देखिएको छ । सरकारमा दलहरुबीचको सहमतिमा बनेको गठबन्धन सरकारबाट

सम्बन्धित

सुदूरपश्चिमका एमालेका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निणर्य गर्यो

नेपालको अस्थिर राजनीतिमा यसरी बढ्दै छ विदेशी चासो (भिडियो)

ओलीको बाध्यता र प्रचण्डको आवश्यकतामा प्रधानमन्त्रीको पद उकुसमुकुस (भिडियो)

भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर

किन समयमै सम्पन्न हुदैनन् राष्ट्रिय गौरवका दर्जनौं आयोजना ? (भिडियोसहित)

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, १२ हजारभन्दा बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]ive.com
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...