ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भगवान् कै पालमुनि ओत !


admin

काठमाडौँ, १८ फागुन । छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर देख्दा लाग्छ यो ढल्ने क्षण कुरेर बसेको छ ।
भूकम्पको एक महिना नबित्दै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि स्वीकृति दिइएको ३४ महिना बित्दा समेत बन्ने छाँट देखिएको छैन । लाग्छ यो मन्दिरको दुर्दशा बुझिदिने कोही छैन । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयबागेश्वरीलाई चढाइन्थ्यो । यसैले यो मन्दिर नेपालकै धनी मानिन्छ ।
चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवम् संस्कृतिविद् डा गोविन्द टण्डन बताउनुहुन्छ । पशुपति क्षेत्रकै सम्पदा पुनःनिर्माणको अवस्था त यो छ भने अन्यत्रको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ ।
दाताले तीन महिनाअघि पुनःनिर्माण गर्न मन्दिर जस्ताले घेरेर शुरु गरेकामा सिमेन्ट प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध गरेपछि अहिले रोकिएको छ । अहिले जस्ता निकालेर बाँसमात्र ठडिएको देख्न सकिन्छ । मन्दिर पुनःनिर्माणको इच्छा व्यक्त गरेपछि कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई मन्दिर पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो ।

दातालाई पुनःनिर्माणको स्वीकृति दिइसकेपछि उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुगेको छ । सडक नजिकै मन्दिर छ । दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरलाई थप कमजोर बनाउने निश्चित छ ।
पुरातत्व विभागले नक्सा स्वीकृत नगरेका कारण शर्माले ढिलो गरी जीर्णोद्धारको काम शुरु गर्नुभयो । पुनःनिर्माणबारे चासो लिएर बुझ्नेमध्येका एक इन्जिनीयर बिनीता मगैया हुनुहुन्थ्यो । निर्माणको अनुमति पाउनुभएका शर्माले बनाउन लगाएको नक्साको रुपरंग नमिलेको देखेपछि मन्दिर बिग्रने चिन्ताले आफूलाई पिरोलेको उहाँले सुनाउनुभयो । “मन्दिर वर्षा अघि नबनाए ढल्ने अवस्थामा पुग्छ, टुँडाल झर्न थालेका छन्, यसले गर्दा नित्य पूजा गर्न समस्या भएको छ”– उहाँले भन्नुभयो ।
ढल्न लागेको मन्दिरभित्र पूजा गर्दा त्रासमा बस्नुपरेको पुजारी हंसराज कर्माचार्यको गुनासो छ ।
दाता शर्मा केही समय टिकाउन मात्र सिमेन्ट प्रयोग गरिएको बताउनुहुन्छ । “पहिले बनाउँदा माथिल्लो तलामा सिमेन्ट प्रयोग गरिएको छ, हामीले पुनःनिर्माणका लागि भत्काउँदा सुरक्षित होस् भनेर सिमेन्ट लगाएका हौँ, क्षमा पूजा गरेर पुनःनिर्माण शुरु गर्दा रु छ लाख खर्च भइसकेको छ” – उहाँले भन्नुभयो ।
दाताले निर्माण गराएको नक्सा विभागले काम नलाग्ने भनी पटक पटक रोक्यो । विभागले मन्दिरको ‘ड्रइङ’ नै मिल्दैन भनी रोकेको इन्जिनीयर मगैयाले बताउनुभयो । विभागका इन्जिनीयर शोभा महर्जन नमिलेको नक्सा आएकाले पुनःनिर्माणको स्वीकृति दिन ढिला भएको र नक्सामा आफैले धेरै कुरा मिलाइदिएको बताउनुहुन्छ ।
नियम पुगेर आएका नक्सा समयमै स्वीकृत हुने गरेको विभागको विश्व सम्पदा शाखाको भनाइ छ । शाखा प्रमुख सुरेश सुरच श्रेष्ठ विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरचना अनुसार डिजाइन भइआएका नक्सा नरोकिएको दावी गर्नुहुन्छ ।
विभागको इन्जिनीयरिङ शाखा प्रमुख सम्पत घिमिरे विश्व सम्पदा सूचीमा सूचीकृत सात स्थलमा बोलाउने बित्तिकै इन्जिनीयर गएर आवश्यक काम गर्ने गरेको बताउनुहुन्छ ।
“स्वीकृतिका लागि पेश भएको नक्सामा गल्ती, कमीकमजोरी हुँदा कारण सहित सच्याएर ल्याउनू भनिए बाहेकको अवस्थामा १० दिनमै नक्सा स्वीकृत हुने गरेको छ,” उहाँले भन्नुभयो ।
पाँच चरणमा ‘ड्रइङ’ गरिनुपर्नेमा दाताका तर्फबाट सामान्य खाका मात्र कोरिएकाले नमिलेको नक्सा तयार पार्न लाग्नुपरेको इन्जिनीयर मगैयाको भनाइ छ ।
काठमाडौँ महानगरपालिका वडा नं ८ का अध्यक्ष दीनेश डंगोल दाताले मन्दिर पुनःनिर्माणको स्वीकृति पाएपछि पनि अहिलेसम्म पालले छोपेर जीर्ण अवस्थामै राखिराख्नुपर्ने अवस्थाले समग्र सम्पदा पुनःनिर्माणको चित्र झल्काउने बताउनुहुन्छ ।
“सडक छेउमै रहेको जीर्ण मन्दिर भत्किएर दुर्घटना हुनसक्ने खतरा छ, सडक पेटीसँगै पैदल यात्रु पनि हिँड्ने भएकाले यो संवेदनशील अवस्थाप्रति कसैको ध्यान गएको छैन” – उहाँले भन्नुभयो ।
नक्सा नमिल्ने भएपछि दाताले इन्जिनीयर मगैया नेतृत्वकै समूहलाई तयार पार्ने जिम्मेवारी दिएका छन् । दातासँग प्राविधिक पक्ष र अनुगमन गर्ने संयन्त्र नभएको स्थानीय बासिन्दाको भनाइ छ । निर्माणमा आफ्नो बजेटले नभ्याउने भएपछि निवेदन लेखेर शर्माले ‘रु ५० लाख जम्मा गर्छु, पुनःनिर्माण गर्न नसकिने भयो’ भन्नुभएको कोषका योजना शाखा प्रमुख भरत मरासिनीले जानकारी दिनुभयो ।
तीन वर्ष अघि र पछिको बजेटमा फरक परेकाले पूरा पुनःनिर्माण गर्न नसकेर सहयोग स्वरुप रु ५० लाख दिन लागेको शर्मा बताउनुहुन्छ ।
“विभागले नक्सा स्वीकृत गर्न डेढ वर्ष लगायो, विभागले दिएको स्वीकृति फेरि कोषले स्वीकार गरेन, मैले भत्किएको सम्पदा पुनःनिर्माणमा केही सहयोग गर्न सकिन्छ कि भनेर सानो प्रयास गरेको हुँ, यसक्रममा विभाग, विश्व सम्पदा र स्थानीयवासीको फरक फरक इच्छा भएर काममा अप्ठ्यारो भयो” – उहाँले भन्नुभयो ।
राज्य बलियो नहुँदा निःस्वार्थ भावनाले गरिएको सहयोग पनि सम्पदा पुनःनिर्माणमा उपयोग हुन नसकेको दाता शर्माको अनुभव छ । पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पु¥याएको थियो । पन्ध्र सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।
पूर्ण क्षति भएका सम्पदामध्ये हालसम्म एक र आंशिक क्षति भएकामध्ये चार सम्पदा बनाइएको निर्देशक मरासिनीले बताउनुभयो । हाल १५ सम्पदाको पुनःनिर्माण भइरहेको छ । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका ७५ सम्पदा अझै अलपत्र छन् ।
भूकम्पले देशभर ७५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये हालसम्म ८० वटाको मात्र पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
यो मन्दिर कलिगत संवत् ३२३२ मा शुरु भएर ४७ वर्षपछि ३२७४ मा निर्माण सम्पन्न भएको थियो । विसं १९९० को भूकम्पले क्षति पु¥याएको यो मन्दिर त्यो बेला पनि जीर्णोद्धार गरिएको थियो ।
मन्दिरको कलेबर १२÷१२ वर्षमा फेर्ने गरिएको छ । कलेवर फेर्दा जगबागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाइन्छ । जयबागेश्वरीमा टाउको काटिनु अघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको गणेशको मूर्तिमा सूँढ नभएको स्थानीयवासी सन्देश मुनिकार बताउनुहुन्छ ।
जयबागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिए पनि विद्याकी देवीका रुपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयबागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि छ तर यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयबागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।
जयबागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी मुनिकार ‘गोल’ भनिने जयबागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी, नौ ढोका लगायतका संरचना छन् ।
गोपाल र किराँत शासनकालको राजधानी जयबागेश्वरी रहेको विश्वास गरिन्छ । लिच्छविकालको राजधानी यहीँबाट शुरु भएर पछि हाँडीगाउँ सरेको हो । मल्लकालमा हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com