ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईपीजीको प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्ने प्रधानमन्त्री ओलीको घोषणा


ABC News

चीनसँग भएको पारवहन सन्धि कार्यान्वयन भएन – कमल थापा

काठमाडौं १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० को नेपाल(भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्ने बताएका छन् । ओली पहिलो पटक प्रधानमनत्री भएका बेलाका पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहेका राजावादी कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको विमोचन गर्दै ओली इपिजी प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने दावी गरेका छन् ।

पूर्व उपप्रधानमन्त्री कमल थापाको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पत्रकार युवराज घिमिरे ।
पूर्व उपप्रधानमन्त्री कमल थापाको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पत्रकार युवराज घिमिरे ।

नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो सयमदेखि उदासीन छ । प्रतिपक्षमा रहेका बेला चर्को रुपमा ओलीले इपिजी प्रतिवेदन बुझ्ने बारे किन भारतीय प्रधानमन्त्रीसँग प्रस्ताव नगरको भन्दै तत्कालीन प्रधानमन्त्री प्रचण्डमाथि संसदको रोष्टवाटै आलोचना गरेका थिए ।
प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफूले चीनसँग व्यापार तथा पारबहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको दावी दोहराए ।

ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

‘नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं । संयुक्त राष्ट्रसंघका सिद्धान्तको पालना गर्छौं । त्यसको उल्लंघन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौं । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानामा धक्का लगाउने काम गर्नु हुँदैन ।’

नेपालले तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्ने र संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्ने प्रधानमन्त्री ओलीले बताए । विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील रहेको भन्दै प्रधानमन्त्रीले कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम नुहने बताए । प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्दै पन्छिने गरेका बताईंरहँदा ओलीले नेपालको सीमा समस्याका बारेमा भारतीय पक्षसँग कसरी प्रस्तुत होलान् भन्ने सर्वत्र चासो रहेको छ ।

At book "नाकाबन्दी र भु राजनिती" launch. @KTnepal
Photo: At book “नाकाबन्दी र भु राजनिती” launch. @KTnepal

पुस्तक लेखा तथा परराष्ट्रमन्त्री थापाले चीनसँगको परावहन सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभिमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडररुपमा कुरा राखरिहन ओलीलाई थप आग्रह गरेका छन् ।
पुस्तकका लेखक थापाले आफू परराष्ट्रमन्त्री भएका बेला भारतसँग सन् १९५० को मैत्रीपूर्ण सन्धि पुनरावलोकनबारे छलफल र चीनसँग रेल, तेल र पारवहन सम्झौताको हिस्सेदार भएकाले ती कार्यान्वयनमा जोड दिनुपर्ने बताए । २०४५ र २०७२ मा भारतले लगाएको आर्थिक नाकाबन्दी नेपालीले भोगेको दुःखको साक्षी आफू पनि भएको उनले बताए ।

‘मैले त्यतिबेला नेपालीले भोगेको पीडा नजिकबाट देखेको छु । अब त्यस्तो कहिल्यै नहोस्,’ उनले भने । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो कुरा गलत भएको भन्ने विवरण उनले पुस्तकमा उल्लेख गरेका छन् । ‘मैले भारतका प्रधानमन्त्रीलाई नेपालको आन्तरिक समस्यालाई लिएर गरेको आर्थिक नाकाबन्दी गलत छ भनेको थिएँ । परराष्ट्रमन्त्रीका हैसियतले संयुक्त राष्ट्रसंघको महासभामा हामी सानो राष्ट्र भए पनि नाकाबन्दी सह्य छैन भनेर सम्बोधन गरेको थिएँ,’ उनले भने ।

भारतसँग भूराजनीति र सुरक्षा मामलामा अवधारणागत भिन्नताका कारण समस्या आएको उनले बताए । ‘यसलाई साँघुरो गर्ने नै हो । यो सरकारका लागि उपयुक्त अवसर पनि हो,’ उनले दुई छिमेकीबीच सम्झौता भए पनि कार्यान्वयन नहुने समस्या भएको पनि बताए, ‘भएका सम्झौताहरु इमानदारीका साथ कार्यान्वयन हुँदैनन् । चीनसँग भएको पारवहन सन्धि कार्यान्वयन भएन ।’

थापाले चीन र भारतबीचमा नेपाल हुनु चुनौती मात्र नभए अवसर पनि भएको बताए । ‘चीन र भारतको बीचमा रहनु सौभाग्य पनि हो,’ उनले भने, ‘तसर्थ, दुई देशबीच सन्तुलित सम्बन्ध राख्न सक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी

त्यस अघि काठमाडौमा आयोजित गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार दिउँसो भएको कार्यक्रममा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ।
कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरेका हुन्।
युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका हुन्।
नाराबाजी गरिरहेका युवाहरूले ुढुंगा हान, बालेनु लगायत शब्द पनि उच्चारण गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com