ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ममता बेपत्ता भएको तीन सातापछि प्रहरीले पक्राउ गर्‍यो उनका श्रीमानलाई


एबीसी न्यूज

काठमाडौं, ७ भदौ । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट तीन सातासम्म पनि नभेटिएपछि प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ।
बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ।

सेभेन न्युजले नरेशलाई प्रहरीले पक्राउ गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ। ममताको मृत्यु भइसकेको आकलन गरिएको र शव ममताकै श्रीमान नरेशले लुकाएको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले सेभेन न्युजसँग बताएका छन्।

बेपत्ता भएकी ममतालाई खोज्न त्यहाँको प्रहरीले १० वटा भन्दा बढी खोजी अपरेसन चलाएको थियो। बुधबार मनासस पार्कस्थित उनीहरूको घरमा प्रहरीले छापा मारेको थियो। त्यतिबेला नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोलाई उद्धृत गर्दै सेभेन न्युजले लेखेको छ।उनी शंकास्पद देखिएपछि पक्राउ गरिएको र थप अनुसन्धानबाट ममता बेपत्ता भएको घटनाबारे थप कुरा पत्ता लाग्ने ल्युगोले बताएका छन्।ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन्। उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ।

त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए। त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षका छोरी मात्रै थिए।नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन अस्वीकार गरेका थिए। ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताएर नरेशले प्रहरीलाई फर्काइदिएका थिए। ममताका साथीहरुको मौखिक उजुरीमा प्रहरीले अन्यत्र खोजी सुरू गरिसकेको थियो।अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो।

प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई पनि मिहीनरूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरी प्रमुख ल्युगोले बताएका छन्।

बुधबार नरेशकै घरमा छापा मारेपछि बिहीबार उनलाई पक्राउ गरिएको हो। ‘अहिले शव लुकाएको अभियोगमा पक्राउ गरिएको हो। थप अनुसन्धानपछि अन्य विषय पनि खुल्ला,’ प्रहरी प्रमुख ल्युगोले भने। प्रहरीले ममताको खोजी पनि जारी राखेको छ। ममताकी १ वर्षीया छोरीलाई भने प्रहरीले सामाजिक संस्थाको जिम्मा लगाएको छ। उनी सुरक्षित र स्वस्थ रहेको पनि प्रहरीले बताएको छ। ममताकी आमा नेपालमै छिन्। छोरी बेपत्ता र ज्वाइँ पक्राउ परेपछि नातिनीको जिम्मा लिन आकस्मिक भिसा लिएर अमेरिका जाने तयारी गरिरहेको पनि सेभेन न्युजले उल्लेख गरेको छ।

‘अहिले उहाँ केबल आमाबाबुबाट एक्लिएकी आफ्नी नातिनीको जिम्मा लिन मात्रै अमेरिका जान खोज्नुभएको हो। नेपालस्थित अमेरिकी दूतावासलाई चाँडै भिसा दिन अनुरोध गर्नुस्, किनकी त्यो बच्चाको हेरचाह गर्न कोही चाहिन्छ। त्यसमा ममताकै आमा हुनु राम्रो हो,’ अध्यागमन अधिवक्ता बन्दिता शर्माले सेभेन न्युजसँग भनेकी छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com