ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन हुन्छन्-भौतिकमन्त्री


एबीसी न्यूज

काठमाडौं ६ भदौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरुले सडक र भौतिक पूर्वाधारका विषयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री दाहालले अवरुद्ध राजमार्ग दुई घण्टाभित्र सञ्चालन गरिने प्रतिबद्धता जनाए ।

भौतिक, पूर्वाधार र यातायतका विषयमा उठेका प्रश्नलाई उनले सकारात्मक सुझावका रुपमा लिएको भन्दै वर्षातका कारण मन्त्रालयलाई काम गर्न केही कठिन भएको जानकारी गराए। अविरल वर्षासँगै आएको पहिरोले नागढुङ्गा खण्ड अवरुद्ध भएको थियो, उक्त पहिरो तत्काल पन्छाएर आवागमन नियमित सञ्चालन गर्न केही समस्या भयो । योबाहेक अन्य राष्ट्रिय राजमार्गमा भएको सडक अवरुद्ध दुई घण्टाभित्र हटाउन सफल भएका छौँ, उनले भने ।

सभाको आजको बैठकमा अधिकांश सांसदले हुलाकी राजमार्गअन्तर्गत धुनषा र सिरहाको दक्षिणी सिमानास्थित कमला नदीमा बन्दै गरेको पुल भासिएको अवस्थाबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उक्त प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले ठेकेदार र निर्माण व्यवसायीको बीमा विवादले पुनः निर्माण रोकिएको जानकारी गराए । उनले यो समस्या समाधान गर्न सम्बन्धित पक्षसँग छलफल गरेर यथाशीघ्र निकासा ल्याउने प्रतिबद्धता समेत जनाए ।

भौतिक मन्त्रालयमा फाइल थन्किएको छ भन्ने सांसदहरुको प्रश्नलाई मन्त्री दाहालले कर्मचारी व्यवस्थापन गरेसँगै कुनै पनि पुराना कामसम्बन्धी फाइल कार्यालयमा नरोकिने दाबी गरे । उनले आगामी असोजसम्म भौतिक निर्माणसम्बन्धी सम्पूर्ण ठेक्काहरु लागू गरिसक्ने मन्त्रालयको लक्ष्य रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com